Breaking News

साइटमाथि निगरानी, साइटका पोर्न तथा अश्लिल सामग्री धमाधम ब्लक हुदै

Feb Tue 2020 05:40:50

566 views

साइटमाथि निगरानी, साइटका पोर्न तथा अश्लिल सामग्री धमाधम ब्लक हुदै
सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान-प्रदान, प्रकाशन तथा प्रसारणलाई बन्देज लगाएको  मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान(प्रदान, प्रकाशन तथा प्रसारणलाई बन्देज लगाएको सूचना सञ्चार मन्त्रालयले जनाएको छ । प्रकाशित विज्ञप्तिमा इन्टरनेतमार्फत यौनजन्य अश्लिल सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र समाजिक सद्भावमा खलल पुगेको दावी गरिएको छ । यसले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको ठहर सरकारको छ । यस्ता अश्लिल सामग्रीको इन्टरनेटका माध्यमबाट आदान-प्रदान, प्रकाशन, प्रसारण नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल सञ्चालक तथा प्रयोगकर्तामा अपील गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?