Breaking News

अफवाह हैन, सचेत रहौं, काठमाडौमा उच्च जोखिम कायमै

Feb Wed 2020 02:40:19

453 views

अफवाह हैन, सचेत रहौं, काठमाडौमा उच्च जोखिम कायमै

काठमाडौँ,उच्च भूकम्पीय जोखिममा रहेका काठमाडौँलगायत विभिन्न सत्रवटा जिल्लामा जमिनको हलचलबारे जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) मा आधारित अध्ययन सकिएको छ ।

 बैशाख १२ को बिनाशकारी भूकम्पपछि फ्रेन्च युनिभर्सिटी सा भ्वाँसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय को भूगर्भ विभागले विभिन्न सत्र जिल्लामा जीपीएस प्रणालीबाट जमिनको चालबारे अनुसन्धान सुरु गरेको थियो । ‘फिल्ड मेजरमेन्ट’ सकिएर जीपीएस डिभाइससहितका सम्पूर्ण डाटा प्रशोधन तथा विश्लेषणका लागि फ्रान्समा पठाइएको छ । जमिनको चालबारे गरिएको अनुसन्धानमा संलग्न भूगर्भविद् प्राडा अनन्त गजुरेलका अनुसार बैशाख १२ को ठूलो भूकम्पपछि जमिनको मुभमेन्ट धेरै सक्रिय देखिएको छ । जीपीएसको प्रारम्भिक अध्ययनलाई हेर्दा काठमाडौँ अझैपनि भूकम्पको उच्च जोखिममा छ । ‘बैशाख १२ को भूकम्पपछि काठमाडौँको उत्तरतर्फको भूभाग सर्दै काठमाडौँको दक्षिणमा आएर ‘लक’ भएको छ । ‘उत्तरतिरको भाग सरिरहेको छ । तर, काठमाडौँको दक्षिणतिरको भूभाग मुभ भएको छैन’ गजुरेलले भने, ‘उत्तरतिरबाट सर्दै वा धकेलिँदै आएको भूभाग दक्षिणतिर मुभ नभएर लक हुँदा यहाँ पावर सञ्चय भइरहेको छ । उत्तरतिरको भूभाग दक्षिणतिर सर्दै गर्दा दक्षिणको भूभाग पनि दक्षिणतिर सर्दै जानुपर्छ । त्यो भइरहेको देखिँदैन ।’ गजुरेलका अनुसार काठमाडौँको दक्षिणमा आएर लक भएको भूभाग जति छिटो विस्तारै चिप्लिएर (क्रिप) दक्षिणतिर सर्छ, त्यति नै बढी पावर दक्षिणतिरबाट रिलिज हुन्छ अनि काठमाडौँमा जोखिम घट्दै जान्छ । उनका अनुसार काठमाडौँमा अडिएको प्लेट उत्तरतिर सर्दै जाँदा दक्षिणतिर शक्ति सञ्चय भइरहेको छ । गजुरेल भन्छन्, ‘काठमाडौँको १० देखि १५ किलोमिटर मोटाइएको भूभाग बिस्तारै चिप्लिएर दक्षिणतिर महाभारत हुँदै चुरे पर्वततिर मुभ भएमा सञ्चय भएको इनर्जी छिटो रिलिज हुन्छ तर बैशाख १२ गतेपछि लक भएको भूभाग अहिलेसम्म दक्षिणतिर क्रिप भएको छैन । अन्नपूर्ण पोष्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?