Breaking News

राजनीतिक सरकारले आइसिटीलाई फुटवल झै खेलाइरहेको छ, ई विनोद ढकाल अध्यक्ष क्यान महासंघ

Feb Tue 2020 05:40:23

255 views

राजनीतिक सरकारले आइसिटीलाई फुटवल झै खेलाइरहेको छ, ई विनोद ढकाल अध्यक्ष क्यान महासंघ

वास्तवमै सरकारमा बस्ने र राजनीति गर्नेहरुले आइसिटीलाई फुटबल सम्झेका छन् । राजनीतिक भागभण्डा मिलाउन आइसिटीलाई पनि टुक्र्याउने खेल भइरहन्छ । अहिले आइटी पोलिसी खारेज भएको अवस्था, सञ्चार मन्त्रालयले आइसिटी पोलिसी लागू गरेको अवस्था, फेरि आइसिटी विज्ञान मन्त्रालयले हेरेको अवस्था छ । यो डोलमोटल अवस्था आजमात्रै देखिएको होइन ।

आइसिटीलाई कहिले सञ्चार मन्त्रालयमा ल्याउने कहिले विज्ञान मन्त्रालयमा ल्याउने काम भइरहेको छ । वास्तवमै सरकारमा बस्ने र राजनीति गर्नेहरुले आइसिटीलाई फुटबल सम्झेका छन् । राजनीतिक भागभण्डा मिलाउन आइसिटीलाई पनि टुक्र्याउने खेल भइरहन्छ । अहिले आइटी पोलिसी खारेज भएको अवस्था, सञ्चार मन्त्रालयले आइसिटी पोलिसी लागू गरेको अवस्था फेरि आइसिटी विज्ञान मन्त्रालयले हेरेको अवस्था छ । यो डोलमोटल अवस्था आजमात्रै देखिएको होइन । उसै त सधैं सरकारको लिस्ट प्रायोरिटीमा पर्छ आइसिटी । यद्यपि अहिले विज्ञान प्रविधि मन्त्रालय बनेको छ । अब केही सजिलो हुन्छ कि । कम्तिमा इन्टरनेटको कम्पोनेन्ट एउटा मन्त्रालयले हेरिदियोस् भन्ने चाहना क्यानको हो, क्यान महासंघका अध्यक्ष ई विनोद ढकालले भने

सञ्चार प्रविधिमा सरकारले आइटी पार्कको नाममा यति ठूलो लगानी गऱ्यो तर, त्यसको उचित प्रयोग अहिलेसम्म हुन सकेको छैन । पार्क सञ्चालनका लागि क्यानले सधैं लबिङ गरेकै हो । अहिले हामीले विज्ञान मन्त्रालयमा पार्क सञ्चालन गर्न प्रपोजल पनि पेश गऱ्यौं । त्यो प्रोपोजलको आधारमा मन्त्रिपरिषदको निर्णय पनि भएको छ रे । तर विस्तृतमा मलाई थाहा छैन । यो प्रोपोजलमा हामीले ५० वर्ष लिज मागेका थियौं । यदि त्यसलाई ५० वर्ष लिज दिने, त्यसलाई स्पेसल इकोनोमिक जोनको रुपमा लाने र प्राइभेट सेक्टरलाई हस्तान्त्रण गर्ने हो भने हामी २ महिनाभित्र तुरुन्त आइटी पार्क सञ्चालन गर्छौं ।

सरकारले सञ्चालन गर्न सक्दैन भनउ पब्लिक प्राइभेट पार्टनरसिपमा पार्क सञ्चालनमा ल्याऔं भनेर क्यानले यो इनिसिएटिभ लिएको हो ।नेताहरुले नयाँ नेपाल बनाउँछु भनेजस्तै हामीले सधैं ई–नेपाल बनाऔं भनिरहेका छौं । ई–नेपाल बनाउन भनेको इन्टरनेट चाहिन्छ । गाउँगाउँमा इन्टरनेट नपुगी यो सम्भव छैन । सरकारले अप्टिकल फाइबर बिछ्याएर प्रत्येक गाविसमा इन्टरनेट पुऱ्याउन सके ई–गभर्नेन्टको विकास हुन्छ । यो हुनेबित्तिकै हामीले सोचेको ई–नेपाल बनाउन सक्छौं । मैले बारम्बार एनटिए अध्यक्ष ज्यूलाई भनिरहेको छु । यो रकमको परिचालनको सन्दर्भमा छिटो योजना ल्याउनुस् । ग्रामीण क्षेत्रमा यो योजना कार्यान्वयनमा ल्याउन हाम्रा जिल्ला शाखाले पनि सहयोग गर्नेछन् ।binod dhakal can

क्यान इन्फोटेक भ्वाइस २०१६ अध्यक्ष विनोद ढकाल

लाखौं मानिस आउदा केहीले इन्फोटेकमै किन्ने उद्धेश्य राख्नाले पनि यस्तो प्रवृत्ति देखिएको हो । हामीले कम्पनीहरुलाई सकभर यहाँ बिजनेश नगरिदिनु होस्, एउटा भिजिटिङ कार्डले पनि धेरै बिजनेश गर्न सकिन्छ भनेर अनुरोध गरिरहेकै छौं । यसपटक त्यो प्रवृत्ति कम र अवलोकनकर्तालाई सहजपूर्वक अवलोकन गराउने तिर बढी जोड गरिरहेका छौं ।

हामीले चाहेरै पनि अन्तराष्टियस्तरको प्रविधि मेला बनाउन सकिरहेका छैनौं । यसमा क्यानका केही बाध्यता र सिमितता छन् । प्रदर्शनीका लागि भृकुटीमण्डको परिवेश र सरकारले गर्ने सहयोग पटक्कै छैन । विदेशमा ठूला प्रदर्शनीमा सरकारी सहयोग हुन्छ । तर नेपालमा सहयोगको भावना पनि राख्दैन सरकारले । व्यवस्थापनको सन्दर्भमा पनि बाहिरका प्रदर्शनीमा थोरै तर, पोटेन्सियल भिजिटर आउँछन्, नेपालमा सबै क्षेत्र र वर्गका गरी लाखौं सर्वसाधारणले एकैचोटी प्रदर्शनी हेर्छन् । नेपालमा आइसिटीमा चासो राख्ने नराख्ने सबैमा एकपटक इन्फोटेक घुम्नुपर्छ भन्ने मान्यता विकास भइरहेको छ, त्यसलाई हामीले नकारात्मक मान्नुभएन ।

साभार : livingwitict.com

Credit goes to Shiva Basnet

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?