Breaking News

एप्पलको पहिलो कम्प्युटर २० करोड

Feb Tue 2020 05:40:55

650 views

एप्पलको पहिलो कम्प्युटर २० करोड
एप्पलको पहिलो कम्प्युटर झण्डै २० करोड रुपैयाँमा बिक्री हुने भएको छ । नाइन टू फाइभ म्याकका अनुसार एप्पलको पहिलो कम्प्युटर एप्पल वान साढे १७ लाख अमेरिकी डलर मूल्यमा इ कमर्श साइट इ बेमा बिक्रीका लागि राखिएको हो । स्टिम जब्स र स्टिभ बोज्नियाकले निर्माण गरेका एप्पल वान कम्प्युटर एप्पलको सुरुवाती कम्प्युटर हो । विश्वमा अहिले यस्ता कम्प्युटर केवल ६ गोटा मात्रै अस्तित्वमा छन् । साढे १७ लाख डलरमा बिक्रीमा राखिएको यो कम्प्युटरको विवरणमा उल्लेख गरिए अनुसार यो कम्प्युटर जोसँग छ उनी यसका दोश्रो मालिक हुन् । उनीसँग सन् १९७८ देखि यो कम्प्युटर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?