Breaking News

आज ४२ हजार लिटर पेट्रोल बाँडिँदै, उपत्यकामा कहाँ कहाँ बाँडिँदै छ पेट्रोल मट्टितेल ?

Feb Wed 2020 02:40:54

632 views

आज ४२ हजार लिटर पेट्रोल बाँडिँदै, उपत्यकामा कहाँ कहाँ बाँडिँदै छ पेट्रोल मट्टितेल ?

नेपाल आयल निगमले बिहीबार ४२ हजार लिटर पेट्रोल बाँड्दै छ । निगमले ८ वटा पम्पबाट पेट्रोल बाँड्दै छ । निगमले आर्मी, पुलिस, सशस्त्र र नेशनल ट्रेडिङको पम्पबाट पेट्रोल वितरण गर्ने जनाएको छ । निगमले यो पेट्रोल सर्वसाधारणलाई भने वितरण नगरिने जनाएको छ । अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै बाँडिने निगमले बताएको छ

यसैगरी निगमले आज नै ९६ हजार लिटर मट्टितेल वितरण गर्दैछ। निगमले विभिन्न पेट्रोलियम डिलरहरुबाट यो परिमाणमा मट्टितेल वितरण गर्न लागेको हो। निगमले उपत्यकाका ३२ वटा पेट्रोल पम्पमार्फत् मट्टितेल बिक्री गर्न लागेको हो। हरेक पम्पमार्फत ३ हजार लिटरका दरले मट्टितेल वितरण हुने निगमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?