Breaking News

‘यसकारण भारतमा नर्सिङ विषय नपढौं’ (फोटोफिचर)

Feb Tue 2020 05:40:36

634 views

‘यसकारण भारतमा नर्सिङ विषय नपढौं’ (फोटोफिचर)

[अशोक महर्जन] काठमाडौँ, २३ कात्तिक । ‘भारतमा नर्सिङ विषय नपढौं’ भन्दै भारतमा नर्सिङ विषय अध्ययन पुरा गरेर फर्किएका नेपाली विद्यार्थीहरु सोमबारदेखि आन्दोलनमा उत्रेका छन् । आन्दोलनको क्रममा विद्यार्थीहरुले सोमबार भारतीय दूतावास अगाडि धर्ना दिएका छन् । धर्नास्थल पुग्नुअघि नेपाली विद्यार्थीहरुले भद्रकालीदेखि ¥याली निकालेका थिए ।nursing.... नर्सिड विषयको चारवर्षे कोर्ष पुरा भएपछि भारतमा नर्सिङ काउन्सिलमा दर्ता हुने प्रक्रिया विगत दुईवर्षदेखि हटाएपछि त्यहाँ अध्ययनका लागि गएका हजारौं विद्यार्थीहरु अलपत्र परेका हुन् । वर्षेनी भारतको विभिन्न राज्यमा नर्सिङ विषयमा अध्ययनका लागि हजारौैं नेपाली विद्यार्थीहरु जाने गर्दछन् । भारतीय नर्सिड काउन्सिलमा दर्ता भएका नर्सहरुले मात्र त्यहाँ रोजगारी पाउने ब्यवस्था छ ।council1नेपालका अधिकांश विद्यार्थीहरु नर्सिङ पढ्न कर्नाटक राज्यको वैगलोरमा जाने गर्छन् । भारतीय नर्सिङ परिषद्ले २०७० फ्रेवुअरी देखि लागू गरेको नयाँ नियमानुसार गैरभारतीय नागरिकले भारतीय नर्सिड काउन्सिलमा दर्ता हुन पाउने छैनन् । यसरी भारतीय नर्सिङ परिषद्मा दर्ता हुन नपाएपछि उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीहरु समेत अप्ठ्यारोमा परेका हुन् ।council3 गत वर्ष अध्ययनका लागि अष्ट्रेलिया पुगेकी निशा सापकोटा त्यहाँ काम गर्नवाट वञ्चित भएकी छन् । उनले बैंगलोरको एक नर्सिड कलेजवाट अध्ययन पुरा गरेकी थिईन् तर भारतीय नर्सिड परिषद्ले दर्ता गर्न नमानेपछि उनी निराश हुदै रित्तो हात फर्केकी हुन् । त्यसैले उनी चाहन्छिन् उनले जस्तो दुःख अरु नेपालीले भोग्न नपरोस् । उनी सचेत हुन आग्रह गर्दै भन्छिन्, ‘अवदेखि कोही नेपाली विद्यार्थीहरुले पनि भारतमा गएर नर्सिड विषय पढ्न महँगो रकम खर्च नगरोस्, जसले पैसाको साथसाथै समयको पनि नाश गर्नेछ । निशाको जस्तै पीडा अन्य धेरै नेपाली विद्यार्थीहरुका छन् जो विदेशमा उच्च शिक्षा पढ्न गएका छन् वेलायतमा रहेका सजिना श्रेष्ठ, अष्ट्रेलियामा रहेका सजिता गौतम र अनिता कँडेल ।

विदेशी मुलुकमा काम गर्न जुन देशमा अध्ययन पुरा गरेको हो त्यो देशको नर्सिङ काउन्सिलमा दर्ता हुनु पर्ने मान्यता रहेको छ । यसले गर्दापनि भारतवाट नर्सिङ अध्ययन पुरा गरेका विद्यार्थीहरु थप मर्कामा परेका हुन् । हामी त भारतीय नर्सिङ काउन्सिलवाट ठगियौं अव उप्रान्त कोही पनि यस्तो पीडा भोग्न नपरोस् भनी सवैलाई सचेत गराउन यो अभियान थालेका हौं वैग्लोरवाट अध्ययन पुरा गरेका सुजिता महर्जनले दुःखेसो पोखिन् । अहिले पनि नेपालमा रहेका विभिन्न कन्सल्टेन्सीहरुले मीठो सपना देखाएर नेपाली विद्यार्थीहरुलाई विदेश अध्यनका लागि पठाउने गरेका छन् ।

 Onlinepatrika.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?