Breaking News

नाट्टा चुनावमा SMS को मीसयुज यसरी भएपछि ....

Feb Tue 2020 05:40:36

274 views

नाट्टा चुनावमा SMS को मीसयुज यसरी भएपछि ....

काठमाडौं ।  माघ २ गते ६००१ नम्बरबाट नाट्टा सदस्य अर्थात् मतदाताहरुलाई एउटा यस्तो म्यासेज आयो कि त्यो देखेर मतदाता नै तीनछक परे । नाट्टाका वर्तमान अध्यक्ष डिबी लिम्बुको नामबाट मधुसुदन आचार्य समूहलई सहयोग गरिएको र निर्वाचनमा जिताउन भन्दै अपिल गरिएको म्यासेज मोबाइलमा आउन थाल्यो ।

वर्तमान अध्यक्षले संस्थाकै तर्फबाट यस्तो म्यासेज पठाउनु नैतिक दृष्टिकोणले मात्रै होइन, कानुनी दृष्टिकोणले पनि गलत माने मतदाताहरुले । त्यसपछि नाट्टाका सदस्यहरुले अध्यक्ष डिबी लिम्बुलाई फोन गरेर सोधे । लिम्बु नै तिनछक परे कुरा सुनेर । ‘त्यो म्यासेज डिबी लिम्बुले पठाएको नभएर मधुसुदन आचार्य प्यानलका सदस्यले नै पठाएका रहेछन् ।’ लिम्वुसँग नजिक रहेर काम गरेका एक प्रतिनीधिले बताए । माघ ३ अर्थात् आज हुन लागेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् ‘नाट्टा’ को चुनाव जित्न मधुसुदन आचार्य समूहले फट्याई गरेको आरोप प्रतिस्पर्धी समूहले लगाएको छ । यही म्यासेज प्रकरण अहिले नाटा चुनावमा मतदाताहरुबीच चर्चामा छ । Screenshot 001 (1) आचार्य समूहले भोट आफ्नोतर्फ तान्न योजना अनुसार यस्तो हतकण्डा अपनाए पनि हतारमा गरिएको म्यासेजमै सही नलेखिएको आरोप समेत लागेको छ । ‘यो म्यासेज माघ ३ गते पठाउने तयारीमा लेखिएको देखिन्छ । अझ त्यसमा पनि बिहानको १ः३० बजे भनिएको छ, जबकि निर्वाचन दिउँसो मात्रै हुन्छ ।’ एक मतदाताले भने । उता आफ्नै नामबाट आएपछि वर्तमान अध्यक्ष डिबी लिम्बुले भने त्यसको खण्डन मात्र गरेनन् मतदातालाई प्रभावित भएर नजान सुझाव दिए । उनले वज्ञप्ति नै जारी गरेर त्यो म्यासेज आफूले नपठाएको र त्यस्तो म्यासेजलाई ध्यान नदिन र स्वतन्त्र भएर मतदान गर्न आग्रह गरेका छन् । उनले पठाएको म्यासेज यस्तो छ । Screenshot 002 ग्रुप म्यासेज पठाउन मिल्ने स्प्यारो एसएमएस को ६००१ बाट पैसा तिरेर मधुसुदन आचार्य समूहले उक्त म्यासेज पठाएको अर्को पक्षले आरोप लगाएको छ । एसएमएस सर्भिस् प्रोभाइडरले डिबी लिम्बुले उक्त म्यासेज नपठाएको स्वीकार गरेको छ । ‘केही पैसाकै लोभमा सर्भिस् प्रोभाइडरले गलत सन्देश जाने एसएमएस पठाउन सहयोग गरेको खुलेको हो ।’ स्रोत भन्यो । यद्यपि स्प्यारो एसएमएसले यस बारेमा थप केही बोल्न चाहेन । नाट्टाको निर्वाचन आज हुँदै ट्राभल तथा टुर व्यवसायीहरुको छाता संगठन नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् ‘नाट्टा’को ५२ औं साधारणसभा आज होटल याक एण्ड यतिमा हुँदैछ । यस साधारणसभाले आगामी २ वर्षका लागि नयाँ कार्यसमितिको समेत चयन गर्दैछ, जसका लागि तीन समूहले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । अहिले तीन समूहमध्ये मिहिका धाख्वा र मधुसुदन आचार्यको प्यानलबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । शम्भुराज पाठक समूह भने आफ्नो उपस्थिति देखाउनका लागि मात्रै चुनावी मैदानमा ओर्लिएको छ । धाख्वा समूहलाई नेपाली कांग्रेस र एकीकृत माओवादीले समर्थन गरेको छ भने आचार्य समूहलाई नेकपा एमालको समर्थन छ । ४ सय ५४ कुल मतदाता रहेको नाट्टामा करिब ४ सयको हाराहारीमा मत खस्ने अनुमान गरिएको छ । जसमध्ये जित्नका लागि करिब २ सय भन्दा बढी भोटको आवश्यकता पर्छ । अघिल्लो कार्यकालमा राम्रो काम गरेको र यसपटक अझै राम्रो काम गर्ने भन्दै अध्यक्षका प्रत्याशीमध्ये एक मिहिका धाख्वाले आफूले जित्ने दाबी गरेकी छिन् । तर अध्यक्षका अर्को प्रत्याशी मधुसुदन आचार्यले पनि आफूले जित्ने दाबी गरिरहेका छन् । अघिल्लो कार्यकालले केही काम गर्न नसको भन्दै अब आफूले जितेर काम गर्ने आचार्यको दाबी छ ।

- Rastriyakhabar.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?