Breaking News

अब यी बैंकको १६ अर्व रुपैयाँको हकप्रद सेयर छिट्टै बजारमा

Feb Tue 2020 05:40:18

547 views

अब यी बैंकको १६ अर्व रुपैयाँको हकप्रद सेयर छिट्टै बजारमा

काठमाडौं । पछिल्लो समय बाणिज्य बैंकहरु धमाधम सेयरधनीहरुलाई हकप्रद सेयर दिएर पुँजी बढाउनतिर लारिहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरुको पुँजी २०७४ असार मसान्त सम्ममा ८ अर्व पुर्याउन निर्देशन दिएपछि बाणिज्य बैंकहरुले सेयरधनीहरुलाई धमाधम हकप्रद सेयर दिइरहेका छन् ।BANKS of nepal

नेपाल धितोपत्र बोर्डमा अहिलेसम्म हकप्रद सेयर निस्कासनको लागि आवेदन नदिएका केही बैंकको साधारणसभाबाट निर्णय पारित भइसकेको छ । केहीले पुँजी बृद्धि योजनामा हकप्रद निस्कासनलाई समेटेका छन् । हेर्नहोस् कुन कुन बैंकले कति हकप्रद सेयर निष्कासन गर्दैछन् ।

एनआईसी एसिया बैंक ःएनआईसी एसिया बैंकको हकप्रद सेयरका लागि बिक्री खुला छ । आगामी असार १५ गतेसम्म लगानीकर्ताले आफूसँग भएकोबाट २५ प्रतिशतसम्म सेयरका लागि आवेदन दिन सक्ने छन् । अर्थात ४ बराबर १ को अनुपातमा हकप्रद सेयर बिक्री खुला भएको हो। सो बैंकको ९२ करोड ३७ लाख ५४ हजार रुपैयाँको ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद सेयर निस्कासन भएको छ । सिभिल क्यापिटल मार्केट यसको बिक्री प्रबद्र्धकका रुपमा रहेको छ । वैशाख मसान्तभित्र सेयर खरिद गरेका लगानीकर्ताले हकप्रद सेयरको लागि आवेदन दिन सक्ने छन् ।

सिटिजन्स बैंकः सिटिजन्स बैंकले असार ५ गतेदेखि साउन ९ गतेसम्म हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले १० बराबर ५.५ को अनुपात अर्थात ५५ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकको १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ बराबरको १ करोड ६८ लाख ५५ हजार कित्ता हकप्रद निस्कासन हुने छ। जेठ २३ गतेसम्म सेयर किन्ने सेयरहोल्डरले हकप्रदका लागि आवेदन दिन सक्ने छन् । सानिमा बैंकःसानिमा बैंकले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने भएको छ । सो बैंकले आगामी असार १२ देखि साउन १६ गतेसम्म बिक्री खुला हुने सूचना सार्वजनिक गरिसकेको छ । नविल इन्भेष्टमेन्ट बैंकिङ सेयर बिक्री प्रबद्र्धकका रुपमा रहेको छ । बैंकको १ अर्ब ५३ करोड १ लाख ४४ हजार रुपैयाँको १ करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद सेयर निस्कासन हुन लागेको हो । जेठ २४ गतेसम्म सेयर किनेका आवेदकले हकप्रदका लागि आवेदन गर्न सक्ने छन् ।

हिमालयन बैंकः हिमालयन बैंकले ७ बराबर १ को अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकको ६४ करोड २७ लाख ३५ हजार रुपैयाँ बराबरको ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निस्कासन हुने छ । बैंकको हकप्रद सेयर निस्कासनको बिक्री प्रबद्र्धकको रुपमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

मेगा बैंक ः मेगा बैंकले ४ बराबर १ को दरले हकप्रद सेयर निस्कासन गर्ने भएको छ । ८१ करोड १ लाख रुपैयाँ बराबरको ८१ लाख १ हजार ४ सय ३८ कित्ता हकप्रद सेयरका लागि बैंकले आवेदन दिएको छ । ग्लोबल आईएमई क्यापिटल हकप्रद सेयर निस्कासनको बिक्री प्रबद्र्धकका रुपमा रहेको छ ।

प्राइम कमर्सियल बैंकः जेठ १६ गते कम्पनीले बोर्डमा ३ बराबर १ को अनुपातमा हकप्रद सेयर निस्कासनको लागि आवेदन दिएको छ । १ अर्ब २३ करोड ५० लाख ८७ हजार ४ सय रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता सेयर निस्कासन हुने भएको छ । बैंकको हकप्रद सेयर बिक्री प्रबद्र्धकका रुपमा सिभिल क्यापिटल रहेको छ ।

माछापुच्छ्रे बैंकःमाछापुच्छ्रे बैंकले २ बराबर १ को दरले हकप्रद सेयर निस्कासनको निर्णय गरेको छ । जनता बैंकसँग मर्जमा जाने प्रक्रिया विफल भएपछि बैंकले ५० प्रतिशत हकप्रद निस्कासन गर्ने निर्णय गरेको हो । वैशाख २६ गते पोखरामा बसेको बैंकको साधारणसभा बैठकले यो निर्णय पारित गरेको हो । बैंकले १ अर्ब ९३ करोड रुपैयाँ बराबरको १ करोड ९३ लाख कित्ता हकप्रद सेयर निस्कासन गर्ने छ । कृषि विकास बैंकः कृषि विकास बैंकले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको छ । जसमा १ करोड ९६ लाख ८८ हजार रुपैयाँको हकप्रद सेयर जारी हुने छ । वैशाख १४ गते बसेको बैंकको नवौं साधारणसभा बैठकले ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको हो । यसबाट २ लाख लगानीकर्ताहरु लाभान्वित हुने छन् । बैंकको पुँजी संरचनामा ६ अर्ब ४३ करोड सरकारको र ३ अर्ब ९३ करोड ७६ लाख सर्वसाधारणको लगानी छ ।

लक्ष्मी बैंकःलक्ष्मी बैंकले १ बराबर १ को अनुपात अर्थात शत प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने तयारी गरेको छ । ३ अर्ब ३ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको ३ करोड ३ लाख ९२ हजार २ सय ९० कित्ता हकप्रद सेयर निस्कासन गर्ने छ । बैंकको संचालक समितिको बैठकबाट १ बराबर १ को दरले हकप्रद सेयर निस्कासन गर्ने निर्णय भएको छ।

प्रभु बैंकः मर्जपछिको प्रभु बैंकले २० प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने भएको छ । ६४ करोड १७ लाख ७७ हजार रुपैयाँको ६४ लाख १७ हजार ७ सय ७० कित्ता सेयर बैंकले निस्कासन गर्ने छ । चुक्ता पुँजी बृद्धिको योजनामा बैंकले यो हकप्रद निस्कासनको लक्ष्य राखेको छ ।

सेन्चुरी कमर्सियल बैंकः यो बैंकले कुल १ अर्ब ३८ करोड २२ लाख ४० हजार रुपैयाँको १ करोड ३८ लाख २२ हजार ४ सय कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएको छ । एक चरणमा ५३ करोड रुपैयाँ बराबरको र अर्को चरणमा ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको हकप्रद निस्कासन बैंकको लक्ष्य रहेको छ ।

सनराइज बैंकः यो बैंकले कुल ३६ करोड ९० लाख ४७ हजार रुपैयाँको ३६ लाख ९० हजार ४ सय ७० कित्ता हकप्रद सेयर निस्कासन गर्दै छ । बैंकले चुक्ता पुँजी बृद्धिको योजनामा ३६ लाख ९० हजार ४ सय ७० कित्ता हकप्रद निस्कासन गर्ने जनाएको छ।

-  http://www.arthasansar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?