मोरङ–सम्वेदनशिल अंग देखिएने गरी खिचिएको तस्बीर सार्वजनिक भएपछि मोडल काजल खनालको सर्वत्र आलोचना भइरहेको छ । तर, मोडल खनालले सार्वजनिक तस्बीर आफूले नखिचेको दाबी गरेकी छन् ।
उनले भनिन् ‘मैले सम्वेदनशिल अंग देखाएर तस्बीर खिचेको छैन, कसरी यस्तो तस्बीर सार्वजनिक भयो ।’ विभिन्न अनलाइनमा आफ्नो सम्वेदनशील अंग देखिएको तस्बीर सार्वजनिक भएपछि आफू अचम्ममा परेको उनले बताइन् । कामचोर फिल्मबाट अभिनयमा आएकी मोडल खनालले मोडलिङमा संघर्षरत रहेको अवस्थामा आफ्नो चरित्र हत्या गर्न खोजेको बताइन् । आफूलाई अंग देखाएर कलाकारिता क्षेत्रमा स्थापित हुने इच्छा नभएको उनले बताइन् । ‘आफ्नो इज्जत फालेर कलाकारिता क्षेत्रमा आउने इच्छा छैन’, उनले भनिन । उनले आफूले फोटो नखिचाएको दाबी गरेपनि आखिर कसरी सार्वजनिक भयो उनको तस्बीर ?