Breaking News

न्युरोडमा स्मार्ट पार्किङ, अग्रिम बुक नगरे पार्किङ नपाइने

Feb Tue 2020 05:40:32

801 views

न्युरोडमा स्मार्ट पार्किङ, अग्रिम बुक नगरे पार्किङ नपाइने
स्मार्ट पार्किङ प्रयोगका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्न सकिने न्युरोडमा  स्मार्ट पार्किङ सुरु हुने भएको छ । अव्यवस्थित पार्किङले समस्या बढाएको बताउदै काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ सिस्टम सञ्चालन गर्नलागेको हो । सुरुमा न्युरोड क्षेत्रका पाँच स्थानमा सञ्चालन गर्ने तयारी छ । कम्पनीका आइटी को–अर्डिनेटर हरीष अग्रवाललका अनुसार न्युरोड क्षेत्रका रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट हुनेपार्किङ स्टिम लागू छ । स्मार्ट पार्किङ प्रयोगका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्न सकिनेछ । एप डाउनलोडपछि आफूलाई पायक पर्ने ठाउँमा बुक गर्न सकिनेछ । एपमा रियल टाइम देखिनेछ । जसले पार्किङ स्पेस हेर्न सहज हुनेछ । पार्किङका लागि १५ मिनेटअघि बुकिङ नगरे बुकिङ गर्दा बाइक वा गाडीको नम्बर समेत इन्ट्री गर्नु पर्नेछ । बुक गरेको १५ मिनेटभित्र पार्किङ नगरे बुकिङ स्वतः रद्द हुनेछ । बुकिङ गरेको समयदेखि पार्किङ शुल्क लाग्ने छ । बाइकका लागि एक घण्टाको २५ रुपैया र गाडीका लागि ६० रुपैया लाग्ने छ । ‘सबै तयारी भइसकेको छ । ६० वटा भन्दा बढी सिसिक्यामेरा जडान गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?