Breaking News

क्यान महासंघको बाइसौ साधारणसभामा क्यान कास्की सर्वोत्कृष्ट जिल्ला घोषित

Feb Wed 2020 02:40:14

707 views

क्यान महासंघको बाइसौ साधारणसभामा क्यान कास्की सर्वोत्कृष्ट जिल्ला घोषित

काठमाडौंमा क्यान महासंघको बाइसौं साधारण सभा सम्पन्न भएको छ । ई. विनोद ढकालको सभापतित्वमा सम्पन्न क्यान महासंघको सम्पन्न साधारणमा सभामा क्यान महासंघको २०७१ ०७२ को कार्यक्रम गतिविधिहरुको बारेमा महसाचीव विश्वराम बलामीले जानकारी गराएका थिए भने कोषाध्यक्षले २०७१/०७२ को आ. व. को हिसाब किताब सार्वजनिक गरेका थिए । महासचीव बलामीले गरेका क्यान महासंघको कार्यक्रम गतिविधिहरुलाई समर्थन गर्दै कोषाध्यक्षको आर्थिक प्रतिवेदनलाई साधारण सभाले अनुमोदन अर्थात सर्वसम्मतिले गर्यो ।can binod

महासंघको २२औं साधरणसभामा क्यान कास्की शाखालाई महासंघले  सर्वोत्कृष्ट जिल्ला घोषणा गरेर  नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको थियो आर्थिक वर्ष २०७०/७१ मा गुणनिधी पाण्डेको नेतृत्वमा रहेको क्यान कास्कीले राम्रा गतिविधि गरेकाले कास्की शाखा उत्कृष्ट घोषणा भएको हो । क्यान महासंघ कास्कीका संस्थापक अध्यक्ष तथा क्यान महासंघका केन्द्रीय सदस्य जगनबहादुर गुरुङ तथा निवर्तमान अध्यक्ष गुणनिधी पाण्डेले संयुक्त रुपमा सम्मान ग्रहण गरेको क्यान महासंघ कास्कीका सचिव विश्वास भण्डारीले जानकारी दिए ।can kaski

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?