Breaking News

विश्वभर  चीनको निःशुल्क वाईफाई सेवा

Feb Tue 2020 05:40:10

940 views

विश्वभर  चीनको निःशुल्क वाईफाई सेवा
चीनको एक कम्पनीले निकट भविष्यमै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । विश्वमा अहिले ३ अर्बभन्दा धेरै मानिसले इन्टरनेट प्रयोग गर्न नपाएको अवस्थामा अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै चीनले उक्त योजना अघि सारेको हो । चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२० बाट विश्वका सबै मानिसले स्याटेलाइटको माध्यमबाट सीधै हाई स्पीड वाईफाई इन्टरनेट प्राप्त गर्नेछन् । टेलिकम नेटवर्क तथा अन्य इन्टरनेट प्रदायकहरु नपुगेका र पुग्न सम्भव नदेखिने क्षेत्रहरुमा समेत अन्तरीक्षको उक्त नेटवर्कले काम गर्ने दाबी गरिएको छ । कम्पनीका अनुसार, आगामी वर्ष चीनको गाँसु प्रान्तस्थित जिउकुआङ प्रक्षेपण केन्द्रबाट उक्त स्याटेलाइट लञ्च गरिनेछ । सन् २०२० सम्म अन्तरीक्षमा यस्ता १० वटा अरु स्याटेलाइट पनि पठाउने योजना छ । त्यस्तै सन् २०२६ सम्ममा अन्तरीक्षमा लिंकस्योरका यस्ता २ सय ७२ वटा स्याटेलाइट हुनेछन् । त्यसले पूरै विश्वमा निःशुल्क वाईफाई नेटवर्क उपलब्ध गराउनेछ । कम्पनीका सीईओ वांग जिग्यिंगका अनुसार, यस योजनालाई सफल बनाउन कम्पनीले झण्डै ५ हजार करोड रुपैयाँ बराबरको रकम लगानी गर्नेछ । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार अन्तरीक्षबाट आउने वाईफाई नेटवर्कलाई मानिसहरुले सजिलैसँग आफ्नो स्मार्टफोनलगायतका ग्याजेटमा सजिलैसँग कनेक्ट गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?