Breaking News

टेलिकमको हट-स्पट वाइफाइ अब ३० रुपैयाँमा ५ घण्टा चलाउन पाइने

Feb Wed 2020 02:40:10

661 views

टेलिकमको हट-स्पट वाइफाइ अब ३० रुपैयाँमा ५ घण्टा चलाउन पाइने

नेपाल टेलिकमले भोलि फागुन १ गतेदेखि अाफ्नो वाइफाइ हटस्पट इन्टरनेट (Wi-Fi Hotspot Internet)  सेवामा विशेष सुविधा दिने भएको छ।

सुविधा अन्तरगत मात्र ३० रुपैयाँमा (करबाहेक ) ५ घन्टासम्म ५१२ केबिपीएसको स्पीडमा इन्टरनेट चलाउन पाइनेछ।  यसको  भ्यालिडीटी ७ दिन हुने कम्पनीले जनाएको छ।

पहिले भने यो सेवा प्रयोग गरे वापत ग्राहकहरूको मोबाइलबाटै १० रुपैयाँ ब्यालेन्स काटिन्थ्यो र २४ घन्टा भित्र एक घन्टासम्म इन्टरनेट चलाउन सकिन्थ्यो।

टेलिकमको हटस्पट वाइफाइबाट नेपालका विभिन्न स्थानमा इन्टरनेट चलाउन सकिन्छ।

वाइफाइ मार्फत इन्टरनेट चलाउनको लागि जिएसएम तथा सिडिएमए पोष्टपेड वा प्रिपेड मोवाइलको म्यासेज बक्समा गई wifi टाइप गरी १४१६ मा म्यासेज पठाउनुपर्छ।त्यसपछि आफूलाई प्राप्त हुने पासवर्ड प्रयोग गरेर इन्टरनेट चलाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?