Breaking News

गुगलले बनाउँदैछ, जवानी राख्ने कन्ट्याक्ट लेन्स

Feb Tue 2020 05:40:44

632 views

गुगलले बनाउँदैछ, जवानी राख्ने कन्ट्याक्ट लेन्स

गुगललाई विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनीको रुपमा लिन सकिन्छ।यसले आइतबार सेप्टेम्बर २७ का दिन आफ्नो १७ औँ जन्मदिवस मनाएको छ । यद्यपि गुगलको स्थापना ४ सेप्टेम्बर, १९९८ मा भएको थियो तर कम्पनीले सन २००५ देखि हरेक वर्ष आफ्नो स्थापना दिवस २७ सेप्टेम्बरमा मनाउने घोषणा गरेको हो अनि त्यस यता सेप्टेम्बर २७ मै गुगलले आफ्नो बर्थडे मनाउने गरेको छ । गुगललको ध्यान केवल सूचना प्रविधिमा मात्र छैन ।पछिल्लो समयमा गुगलले एउ टा यस्तो विषयमा काम गरिरहेको छ जसले भविष्यमा मानिसको कायाकल्प गरिदिनेवाला छ ।यो बीचको समयमा गुगलले प्रविधिको जगतमा धेरै फड्को मारिसकेको छ । गुगलले आफ्नो १७ औँ जन्मदिनको अवसरमा आफ्ना दुइवटा नयाँ तथा महत्वपूर्ण योजनाको बारेमा खुलासा गरेको छ । गुगलका भावी योजनामा अरबौँ डलरको स्वास्थ्य सेवाको क्षेत्र पनि मुख्य रुपमा सामेल छ । जस अनुसार गुगलले बुढेशकाल प्रतिरोधी अर्थात एन्टीएजिङ औषधि तथा मधुमेहको उपचारका क्षेत्रमा शोध अनुसन्धान गरिरहेको बताइएको छ । क्यालिको गुगलद्धारा स्थापित स्वतन्त्र अनुसन्धान तथा विकाश सम्बन्धी बायोटिक कम्पनी हो । यसको स्थापना २०१३ मा भएको हो भने यसको मुख्यालय अमेरिकाको सनप।मन्सिस्कोमा छ । यस कम्पनीको सी ई ओ अमेरिकी व्यवसायी आर्थर डी लेभिन्सन हुन । यसको उद्धेश्य मानिसको उमेर बढ्नुबाट रोक्नु तथा विभिन्न रोगको रोकथाम गर्ने औषधिको उत्पादन गर्नु हो । गुगलले आफ्नो बायोटेक भेन्चर क्यालिकोका माध्यमबाट एन्टी एजिङ थेरापी अर्थात मानिसलाई जवान राखिराख्ने औषधिको उत्पादन गर्ने विषयमा काम गरिरहेको छ । हालै एक अवसरमा मानिसहरु कम्तिमा पनि १ सय वर्षसम्म बाँचून भन्ने आफ्नो चाहना रहेको बताएका थिए गुगलका संस्थापक ल्यारी पेजले । अहिले गुगलले ल्यारी पेजकै त्यही चाहनालाई मूर्त रुप दिनका लागि ३ सय अर्ब डलरको एन्टी एजिङ मार्केटमा ध्यान दिएको छ । साथ साथै गुगलले आँखामा लगाउने स्मार्ट कन्ट्याक्ट लेन्सको उत्पादन गर्ने योजना पनि बनाएको छ । उक्त कन्ट्याक्ट लेन्सले आँखाको ज्योति ठीक राख्ने मात्र नभै आँसुमा रहेको सुगर परीक्षण गरी मानिसलाई मधुमेह भए नभएको पत्ता लगाइदिनेछ । कन्ट्याक्ट लेन्समा रहेको सेन्सरले स्मार्टफोनको सम्बन्धित एपमार्फत आँसुमा सुगरको मात्रा बढि भएर मानिसलाई मधुमेहको खतरा देखिएमा जानकारी दिने काम गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?