समिटकै अवसर पारेर पहिलो दिन शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र राष्ट्रिय कृषि तथा अनुसन्धान केन्द्र (नार्क)मा प्रि–समिट वर्कसप आयोजना गरिएको थियो । वर्कसपमा ‘साइबर सेक्युरिटी टेक्नोलोजी’ र ‘साइबर सेक्युरिटी क्याप्चर द फ्ल्याग (सिटिएफ)’ विषयमा सहभागीहरुलाई विभिन्न विधाका विज्ञहरुले क्षमता अभिवृद्धि तालिम प्रदान गरेका थिए ।