Breaking News

संसारकै सानो हार्ड ड्राइभ वैज्ञानिकहरुले बनाए

Feb Tue 2020 05:40:30

241 views

संसारकै सानो हार्ड ड्राइभ वैज्ञानिकहरुले बनाए

वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसबाट परमाणु।परमाणुको हिसाबमा डाटा संचय हुन्छ । जसबाट दुनियाकै सबैभन्दा सानो हार्ड डिस्क तयार हुनेछ । यसबाट बढि प्रभावकारी तथा दक्षतापूर्ण हिसाबले डाटा भण्डारण गर्न सकिन्छ ।

क्लाउड स्टोरेज सिस्टमले धेरै ठाउँ तथा उर्जा खपत गर्दछ । खासगरी समाजले उत्पादन गरेको सूचनाको परिमाण बढ्दै जाँदा त्यसलाई भण्डारण गर्न चाहिने क्षेत्र र उर्जा बढिरहेको छ । यस्तोमा सूचना वा डाटा संचय गर्नका लागि चाहिने परमाणुहरुको संख्या घटाउन सक्नु नै समस्याको समाधान हुन्छ ।

सन् १९५९ मा भौतिकशास्त्री रिचार्ड फेम्यानले भविष्यवाणी गरेका थिए की यदि हरेक परमाणुहरुलाई खास मिल्दो प्याटर्नमा राख्न सकिएमा हरेक परमाणुमा डाटा संचय गर्न सम्भव हुन्छ ।

र, अहिले नेदरल्याण्डको डेल्फट विश्वविद्यालयका वैज्ञानिकहरुले ठ्याक्कै यहीँ कुरा गरेको दाबी गरेका छन् ।

उनीहरुले एक किलोबाइटको मेमोरी कार्ड बनाएका छन् जसमा क्लोरिन तत्वका हरेक परमाणुको अवस्थितिले एक बिट डाटाको प्रतिनिधित्व गर्दछ ।

मुख्य वैज्ञानिक प्राध्यापक सान्डर ओट्टेका अनुसार सिद्धान्ततः उक्त संचय घनत्वबाट विश्वमा अहिलेसम्म लेखिएका सबै किताबहरु एउटा हुलाक टिकट जत्रै मेमोरी कार्डमा अटाउन सकिन्छ ।

वैज्ञानिकहरु एक स्क्वाएर इन्चमा ५ सय टेराबाइट सम्मको डाटा भण्डार गर्न सक्ने मेमोरी बनाउन सफल भएका छन् जुन अहिलेको सबैभन्दा शक्तिशाली हार्ड डिस्क भन्दा ५ सय गुणा शक्तिशाली हो ।

वैज्ञानिकहरुका अनुसार उनीहरुले पत्ता लगाएको यो प्रविधिले वृहत डाटा सेन्टरहरुको आवश्यकतालाई उल्लेखनीय रुपमा घटाउने दाबी गरेका छन् ।

तर अहिले उनीहरुले बनाएका मेमोरी कार्डले केवल माइनस १९५ डिग्री सेल्सियस तापक्रममा र पूर्ण रुपमा भ्याकुम अवस्थामा मात्र काम गर्ने भएकाले यस्तो प्रविधि वास्तविक प्रयोगमा आउन अझै धेरै समय कुर्नुपर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?