प्रयोगका दौरान वैज्ञानिकहरुले सेतो कागजमा मोटो गरी पेन्सिलको ग्राफाइटले कोरेर एएटा सानो क्षेत्रलाई छोपे । अनि त्यसमा को पोलिमर पेन्ट लगाए, जुन बिजुलीको सूचालक हो । कागजमा पेन्सिलले कोरिएको ठाउँले त्यसपछि विद्यूतीय चार्ज पैदा गरेको पाइयो जसरी महंगो नानो कम्पोजिटबाट पैदा गर्ने गरिन्छ । ग्राफाइटमा इन्डियम सेलेनाईड जोड्दा भोल्टेज झनै वृद्धि भयो ।
नानो कम्पोजिटले फरक फरक फ्रिक्वेन्सी पैदा गर्न सक्दछन् । वैज्ञानिक नर्बट निकेलका अनुसार पेन्सिलले कोर्दा कागजमा ग्राफाइटको सतह बन्दछ । यद्यपि त्यो बिजुलीको कमजोर सूचालक बन्दछ तर ताप भने सजिलैसँग प्रवाहित गरी भोल्टेज उत्पन्न गर्दछ ।
भविष्यमा यो प्रविधिलाई तामा लगायतका धातुलाई कागजमा प्रिन्ट गर्नमा प्रयोग गर्न सकिने वैज्ञानिकको भनाई छ ।