Breaking News

स्वदेशी सफ्टवेयरको विकास र प्रवद्र्धनमा जोड दिने सन्देशसहित एक दिने क्यान सफ्टेक समिट सम्पन्न

Feb Tue 2020 05:40:10

397 views

स्वदेशी सफ्टवेयरको विकास र प्रवद्र्धनमा जोड दिने सन्देशसहित एक दिने क्यान सफ्टेक समिट सम्पन्न

स्वदेशी सफ्टवेयरको विकास र प्रवद्र्धन जोड दिने सन्देशसहित क्यान सफ्टेक समिट २०१७ सम्पन्न भएको छ । होटल डेल अन्नपूर्णमा आयोजित सफ्टेक समिटको उद्घाटन गर्दे मुख्य सचिव डा.सोमलाल सुवेदीले नेपालमा प्रविधिको विकास र विस्तारमा क्यान महासंघले खेलेको भूमिका प्रशंसनीय रहेको वताउँदै सफ्टवेयरको प्रवद्र्धन तथा विकासका लागि सफ्टेक समिटलाई निरन्तरता दिनुपर्ने बताए । साथै उनले नेपालमा सफ्टवेयर क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरोकारवाला सबैले समन्वयकारी भूमिका खेलेर अघि बढ्नु पर्ने धारणाा राखेका थिए । कार्यक्रमका विशिष्ट अतिथी तथा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सर्वजीतप्रसाद महतोले प्रविधी उद्योगको भविष्य उज्वल रहेको वताउँदै यस क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई निराश नभै उत्प्रेरित हुन आग्रह गरे ।

can-software

कार्यक्रममा बोल्दै क्यान महासंघका अध्यक्ष ई। बिनोद ढकालले नेपालमा सफ्टवेयर कम्पनीहरुको विकास र विस्तारका लागि सक्दो पहल गरिरहेको र सरकारले पनि यो क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताए । त्यस्तै क्यान महासंघका महासचिव बिश्वराम बलामीले नेपाली सफ्टवेयर कम्पनी तथा सफ्टवेयरको प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

300_8643

समिटकै अवसरमा नेपालमा सफ्टवेयर क्षेत्रको वर्तमान अवस्था र भविष्यका बरेमा वृहत् छलफल कार्यक्रम पनि भएको छ । सो अवसरमा सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्र मिश्र, क्यान महासंघका अध्यक्ष र्इ। ढकाल, उद्योग वाणिज्य महासंघका आइसिटी डेभलपमेन्ट कमिटिका विप्लवमान सिंह, नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य, इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी, योमरीका संस्थापक दीपेश प्रधान, सफ्टवेयर इन्जिनियर आइपी वास्तोला छलफलमा सहभागी थिए । साथै सफ्टवेयर क्षेत्रमा संघर्षरत व्यक्तिहरुले नेपालमा सफ्टवेयर क्षेत्रमा कार्यरत व्यक्तिहरुले विविध नीतिगत तथा भूक्तानि समस्या सामना गरिरहेकाले यसको समाधानका लागि सरकार र नीजि क्षेत्रले पहल गर्नुपर्ने वताए ।

15894557_1566050206755317_5921348652961750219_n

सफ्टेक समिटमा विभिन्न सफ्टवेयर कम्पनीहरुले आफ्नो उत्पादनहरुको प्रदर्शन तथा प्रवद्र्धन गरेका छन । समिटमा छनौटमा परेका १० वटा सफ्टवेयर कम्पनीहरु सहभागि थिए । समिटमा विभिन्न मन्त्रालय, बैंक, अस्पताल लगायत सूचना प्रविधिसँग सम्वन्धित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, विद्यार्थी तथा सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?