Breaking News

काठमाडौंमा दाउरा किन्न त यस्तो सास्ती अनि कहाँ पाइन्छ ग्याँस (फोटो कथा)

Feb Tue 2020 05:40:57

929 views

काठमाडौंमा दाउरा किन्न त यस्तो सास्ती अनि कहाँ पाइन्छ ग्याँस (फोटो कथा)

 भारतले अघोािष्त रुपमा डेढ महिनासम्म गरेको नाकाबन्दीका कारण सरकारले ग्यासको विकल्पका रुपमा दाउरा बेच्ने अभियान थालेको छ । मुलुकमा इन्धनको आपूर्तिमा देखिएको असहज अवस्थालाई मध्यनजर गरी सरकारले विकल्पका रुपमा दाउरा बिक्री गर्ने निर्णय गरेसँगै राजधानीमा भाडामा बस्ने आसर्वसाधारणलाई एउटै चिन्ता छ घरबेटीलाई के भनी मनाउने भन्ने ।Gas-Line-14

daura kinday 1

१५ रुपैयाँ केजीका दरले दाउरा किने पनि उपत्यकामा बनेका साँघुरा घरका कारण वरपर पकाएर खाने स्थानको अभाव हुँदा उपत्यकामा बस्ने सर्वसाधारण अप्ठ्यारोमा परेका छन् ।

daura kinday3ss

वन तथा भू–संरक्षण मन्त्रालयको कात्तिक २४ गतेको निर्णयपछि ‘द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड ९टिसीएन०’ले ऊर्जाको सङ्कट टार्न सर्वसाधारणलाई आजबाट दाउरा बिक्री गर्न सुरु गरेको हो ।

daura kinday2

ग्यासको अभावमा चुलोे बाल्न नपाएका काठमाडौँ उपत्यकावासीका लागि टिसीएनले आइतबार बिहान ८ बजेदेखि काठमाडौँको पिङ्गलास्थान र ललितपुरको बालकुमारीस्थित डिपोबाट दाउरा बिक्री सुरु गरेको छ ।

daura kinday3

टिसीएनले हाल प्रतिपरिवारलाई एक क्विन्टल दाउरा प्रतिकिलो रु १५ का दरमा र होटल, संस्था वा निकायलाई कार्यालयको सिफारिसमा पाँच क्विन्टल परिमाणमा प्रतिकिलो रु १७ का दरले बिक्री सुरु गरिएको टिसीएनका महाप्रबन्धक वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?