नेपाल मोबाईल वितरक संघमा नयाँ कार्यसमिति, अध्यक्षमा चुल्याद्यो
Feb Wed 2020 02:40:12
1163 views
नेपाल मोबाईल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा चिरञ्जीवि ओली, उपाध्यक्षमा राहुल सरावगी, महासचिवमा रद्युनाथ त्रिपाठी, सचिवमा लोकेश सापकोटा, कोषाध्यक्षमा उमेश चौलागाई, सह–कोषाध्यक्षमा माधवप्रसाद प्रजापति चयन भएका छन् ।
त्यसैगरी केन्द्रीय सदस्यहरुमा हरि विष्ट, सुरेश प्रसाई, सरोज श्रेष्ठ, हरि प्रसाद न्यौपाने, अर्जुन गोपाल धौडेल, वाल नरसिंह कुवर, मनोहर श्रेष्ठ, तुलसीराम शर्मा, सहेदवलाल शाह, नागेश्वर प्रसाद साह, रिकु लिगल, ओम प्रकाश वादे रहेका छन् ।
नेपाल मोबाईल वितरक संघका नवनिर्वाचित अध्यक्ष दिनेश चुल्याद्योले मोबाईल क्षेत्र रहेको समस्या समाधान गर्न भूमिका खेल्ने बताए । त्यसैगरी ननवनिर्वाचित महासचिव रघु त्रिपाठीले सरोकारवाला सबै निकायसँग समन्वय गरेर विद्यमान समस्या समाधान गर्न संघले भूमिका खेल्ने बताए ।