Breaking News

नेपाल टेलिकमको वेवसाइट ह्याक गर्ने १८ वर्षे नेपाली हृयाकर पक्राउ

Feb Tue 2020 05:40:16

235 views

नेपाल टेलिकमको वेवसाइट ह्याक गर्ने १८ वर्षे नेपाली हृयाकर पक्राउ

ठमाडौं । अनोनेमस ओपनेप नामबाट सरकारी तथा गैरसरकारी वेबसाइट हृयाक गर्ने १८ वर्षे युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले तनहुँ बन्दीपुर घर भई बालाजु हाईट बस्ने विकास पौडेललाई पक्राउ गरेको हो । १८ वर्षका उनी विद्यार्थी हुन् । उनले राष्ट्रिय क्षयरोग केन्द्रको वेबसाइट हृयाक गरेका थिए ।

पौडेलले अनोनेमस ओपनेप Anonymous #Opnep नामबाट विभिन्न सरकारी कार्यालय तथता संस्थाहरुको वेबसाइट हृयाक गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यही पेजको युजरले फेसबुकमा नेपाल टेलिकमको वेबसाइट हृयाक गरेर सबै डाटा लिएको दाबी केही दिनअघि गरिएको थियो । तर, महाशाखा प्रमुख सर्वेन्द्र खनालले भने नेपाल टेलिकमको वेबसाइट हृयाक नभएको पाइएको जनाएको छ । उनका अनुसार केही प्रयोगकर्ताको विवरण भने लिएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?