Breaking News

टेलिकमको प्रिपेडमा पनि ‘फ्रेन्डस एण्ड फेमिली’ सुविधा आयो

Feb Tue 2020 05:40:53

475 views

टेलिकमको प्रिपेडमा पनि ‘फ्रेन्डस एण्ड फेमिली’ सुविधा आयो

नेपाल टेलिकमले जिएसएम प्रिपेड सेवामा पनि फ्रेन्डस एण्ड फेमिली सेवा उपलब्ध गराउने भएको छ । बुधबारदेखि प्रदान गरिने सुविधा अन्तरगत टेलिकमको नेटवर्क भित्रका ५ वटा नम्बरमा कल गर्दा प्रतिमिनेट ७० पैसा मात्र महसुल लाग्ने व्यवस्था गरिएको छ । यो सुविधा लिन ग्राहकले FNFSUB* सँगै मोबाइल नम्बर लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ । त्यसैगरी आफुले सुविधा लिन चाहेको फरक-फरक नम्बर राखेर ५ पटकसम्म एसएमएस गर्न सकिने छ । एक पटकमा एउटा मात्र नम्बर एसएमएस गर्नुपर्ने टेलिकमले जनाएको छ । यसरी प्रयोग गर्न सकिन्छ SN Description Remarks 1 For Subscription : FNFSUB*MDN Send SMS to 1415 2 To add FNF member : FNFADD*MDN ( 1 MDN at a time) 3 To modify FNF member : FNFMOD*OLD MDN*NEW MDN 4 To delete FNF member : FNFDEL*MDN 5 To Inquiry FNF member : FNFINQ नोट : MDN = NT phone number ( CDMA , PSTN, GSM ) यसैगरी टेलिकमले सिडिएमए (प्रिपेड-पोष्टपेड) सेवामा फ्रेन्डस एण्ड फेमिली सुविधामा प्रति मिनेट ५५ पैसा महसुल लाग्ने नयाँ व्यवस्था गरेको छ । यसअघि प्रतिमिनेट ७० रुपैयाँ महसुल थियो । जिएसएम पोष्टपेड सेवामा यसअघि यो सुविधा अन्तरगत तीनवटा मात्र नम्बर राख्न पाइनेमा अब ५ वटा नम्बर राख्न पाइने भएको छ । जिएसएम पोष्टपेडमा फ्रेन्डस एण्ड फेमिली सुविधा लिन FNF पछि स्पेस राखी क्रमश ५ वटा नम्बर लेखेर १४०० मा एसएमएस पठाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?