Breaking News

पृथ्वीको तापक्रम र मौसम १७ वर्षयताकै भयावह हुने बैज्ञानिकको यस्तो अनुमान

Feb Tue 2020 05:40:12

346 views

पृथ्वीको तापक्रम र मौसम १७ वर्षयताकै भयावह हुने बैज्ञानिकको यस्तो अनुमान

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एल निनो मौसमी चक्रका कारण आगामी वर्षको मौसमी अवस्था १७ वर्षयताकै भयावह हुन सक्ने चेतावनी दिएको छ । यसका कारण विश्वभर भोकमरी, खडेरी, बाढी तथा रोगको प्रकोप बढ्न सक्ने जनाइएको छ ।

एन निनो मौसमी चक्रका कारण विश्वका केही भागमा अति खडेरी पर्ने र केही भागमा भने बाढीपहिरोकोजोखिम बढ्ने नासाले चेतावनी दिएको छ । यस्तो परिस्थिति हरेक दुईदेखि सात वर्षको अन्तरालमा आउने गर्दछ ।

एल निनोको सबैभन्दा नराम्रो प्रभाव १७ वर्षअघि सन् १९९८ मा देखिएको थियो । आगामी वर्षको अवस्था सन् १९९८ को भन्दा पनि खराव हुनसक्ने जनाइएको छ ।

सबैभन्दा बढी प्रभाव अफ्रिकी क्षेत्रमा हुने र त्यहाँ आगामी फेब्रअरीमा चरम खाद्य संकट हुने अनुमान गरिएको छ । यही मौसमी चक्रकै कारण सन् २०१५ को विश्वको तापक्रम अहिलेसम्मकै उच्च हुन सहयोग पु¥याएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

भूमध्यरेखामा पर्ने प्रशान्त महासागरसँग सम्बन्धित मौसमी चक्रअन्तर्गत तातो हुने अवधिलाई एल निनो र चिसो हुने अवधिलाई ला निना भनिन्छ । सन् १९९८ को एल निनोका कारण विश्वका धेरै देशमा भीषण बाढी तथा केही देशमा सुख्खा भएको थियो ।

उपग्रहबाट प्राप्त तस्वीरका अनुसार सन् १९९८ को भन्दा पनि खराब आगामी वर्ष हुने देखिएको नासाले जनाएको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?