बेलायती कम्पनी इन्टेलिजेन्ट इनभारोमेन्टले धेरै खर्च गर्ने मानिसलाई झट्का दिने स्मार्ट घडीको विकास गरेको छ । धेरै रकम खर्च गर्दा र कम ब्यालेन्स बैक एकाउन्टमा हुदा अब २ सय ५५ भोल्टको करेन्टको झट्का दिनेछ पावलोक लिस्टब्याण्ड घडीले ।
स्मार्ट प्रविधिद्धारा यो घडीलाई सम्बन्धित मानिसको बैंक अकाउन्टसँग जोडिनेछ । बैंक अकाउण्टसँग जोडिएपनि मानिसले बैंकको अकाउन्टबाट धेरै पैसा निकाल्दा २ सय ५५ भोल्टको करेन्टको झट्का मानिसको नाडीमा दिन्छ ।
त्यस्तै बैंकको अकाउन्टमा निश्चित सिमाभन्दा रकम कम हुन गएमा पनि यसले झट्का दिन्छ ।
यो घडीको नाम पावलोक लिस्टब्याण्ड राखिएको छ । अर्को रोचक कुरा त के भने यो स्मार्ट घडीलाई स्मार्ट मिटरसँग पनि जोड्न सकिन्छ । यसो गरियो भने धेरै बिजुली खर्च गर्दा चेतावनी मिल्नेछ ।
कम्पनीका अनुसार कसैलाई जतिधेरै खर्च गर्दा पनि करेन्टको झट्का नखाइयोस् भन्ने लाग्छ भने यो घडीमा रहेको झट्का हान्ने अप्सनलाई अफ गर्न सक्छन् ।