Breaking News

नेपाली विद्यार्थीले प्रोजेक्ट वर्क अन्तर्गत पानीमाथि कुद्ने साइकल बनाए

Feb Tue 2020 05:40:49

342 views

नेपाली विद्यार्थीले प्रोजेक्ट वर्क अन्तर्गत पानीमाथि कुद्ने साइकल बनाए

मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका बर्जित थापाको विद्यार्थी समूहले पानीमाथि कुद्ने साइकल बनाएका छन् । मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले बनाएको पानीमाथि कुद्ने साइकल बाढी आइरहेका बेला उद्धार गर्न उपयोगी हुनेछ । बाढीको बेला उद्धार गर्न सहज बनाउने उद्देश्यले साइकल प्रयोगमा ल्याउन सकिने साइकल बनाएका बिद्यार्थी समूहको दाबी छ ।

क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले प्रत्येक वर्ष बिदा भएर जाने अन्तिम वर्षका विद्यार्थीले प्रोजेक्ट वर्क अन्तर्गत प्रदर्शनी गर्नुपर्ने भएकाले प्रयोगात्मक पढाइको सिलसिलामा सो साइकल बनाएका हुन् ।

-तस्वीर : अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?