ऐजेन्सी । पछिल्ला दिन ‘आर्ट’को नाममा विश्वभर मानिसहरू विभिन्न काम गरिरहेका छन् । यस्ता केही काम त पत्याउनै गाह्रो पर्छ ।
लन्डनमा एक महिला कलाकारले केही दिनअघि यस्तै पत्याउनै गाह्रो काम गरेकी छिन् । कलाको नयाँ स्वरूप भन्दै उनी ग्याबल अफ टयनबी स्टुडियोको छतमा चार घन्टा निर्वस्त्र बसेकी छिन् । अहिले उनको यो प्रयोग सामाजिक सञ्जालमा भाइरल भएको छ ।
कलाकार पपी ज्याकसनको छतमा बसेको निर्वस्त्र फोटो रैक्वएल रोड्रिगुयजले लिएकी थिइन् । रोड्रिगुयजले डेली मेललाई भनेकी छिन्, ‘कलाकार पपीले यो सब कसरी गरिन् भन्ने मलाई थाहा भएन । मानिसहरू उनलाई हेर्दै काममा जाँदै थिए । म यसरी निर्वस्त्र घुमेको भए वा एक ठाउँमा बसेको भए पक्राउमा परिसक्थेँ ।’
उता, कलाकार पपीले भने मानिसहरूले महिलाको शरीरबारे के धारणा बनाएका छन् भन्ने बुझ्न यस्तो काम गरेको बताएकी छिन् । उनले आफ्नो वेबसाइटमा महिलाप्रति सामान्य मानिसको मानसिकता बुझ्न योभन्दा राम्रो कला अरू केही नभएको दाबी पनि गरेकी छिन् ।
डेली मेलका अनुसार युनिभर्सिटी अफ लन्डनमा पढाइ सकेकी पपीले यो ‘स्टन्ट’ फेरि दोहोर्याउँदै छिन् ।
यसअघि पपीले नै महिलासँग महिनावारी हुँदाको रगत दान गर्न अनुरोध गर्दै अभियान पनि चलाएकी थिइन् ।
- See more at: http://www.rastriyakhabar.com/?p=43867#sthash.2va1nSBQ.dpuf