Breaking News

निधारमा राखेर तापक्रम नाप्ने वाइफाइ थर्मोमिटर यस्तो

Feb Tue 2020 05:40:23

240 views

निधारमा राखेर तापक्रम नाप्ने वाइफाइ थर्मोमिटर यस्तो

वाइथिङ्स थर्मो नामक थर्मोमिटरको विकास भएको छ । यसलाई तपाईले आफ्नो निधार कन्चट मा राखेर नै आफ्नो शरीरको तापक्रम थाहा पाउन सक्नुहुनेछ । तपाईले यस थर्मोमिटरलाई आफ्नो निधारमा राखेको २ सेकेन्डमै शरीरको तापक्रम पत्ता लगाउदछ । तापक्रमको मात्रा यस डिभाइसको एलइडी डिस्प्लेमा देखिन्छ ।

यदि तपाईको शरीरको तपक्रम स्वास्थ छ भने यसको अगाडि रहेको सानो लाइटमा हरियो बत्ति बल्छ तर तपाईको स्वास्थ्य खराब छ वा ज्वरो आएको छ भने रातो बत्ति बल्दछ ।withings t

वाइथिङ्स थर्मोको साथी एप्लिकेशनले भने वाइफाईको माध्यमबाट तपाईको शरीरको तापक्रमको विवरण राख्दछ । यसबाट ओषधि लिन थालेपछि तपक्रममा आएको परिवर्तनलाई यसले सजिलै देखाइदिन्छ । withings tharmo

यस डिभाइसमा २ वटा ट्रिपल ए साइजका ब्याट्रीहरु लाग्दछन् । यति ब्याट्रीबाट २ वर्षसम्म चल्दछन् भने धेरै मानिसको रेकर्ड पनि राख्न सक्दछ । यसको मूल्य भने १ सय डलर तोकिएको छ । अमेरिकाको लस भेगास इलेक्टोटेक मेला २०१६ मा वाइथिङ्स थर्मो सार्वजनिक गरिएको छ ।thermo-application

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?