Breaking News

फेसबुक विरुद्ध साइवर अपराध मुद्दा

Feb Tue 2020 05:40:34

624 views

फेसबुक विरुद्ध साइवर अपराध मुद्दा

अमेरिकाको एक अदालतमा सोसल नेटवर्किंग साइट फेसबुक विरुद्ध मुद्दा दायर भएको छ । फेसबुकमाथि गोपनीयता तथा निजता सँग सम्बन्धित कानून उल्लंघन गरेको अभियोग लागेको छ । मिडिया रिपोर्टहरुका अनुसार उत्तरी क्यालिफोर्नियाको एक अदालतमा फेसबुक विरुद्ध मुद्धा परेको हो ।

फेसबुकले आफ्नो निजि सन्देश सिस्टमबाट प्रयोगकर्ताले पठाएका निजी  सन्देशहरुको लगिंग युआरएलको स्क्यान गर्ने गरेको दाबी अदालतमा दिइएको निवेदनमा गरिएको छ । फेसबुकको यस्तो कार्य इलेक्ट्रोनिक कम्युनिकेसन प्राइभेसी एक्ट तथा क्यालिफोर्निया इनभेन्सन अफ प्राइभेसी एक्टको बर्खिलापमा रहेको दाबी गरिएको छ ।

द भर्ज नामक वेबसाइटका अनुसार प्रयोगकर्ताको वालमा लक्षित विज्ञापन पठाउनका लागि फेसबुकले युआरएलको स्क्यान गर्ने गरेको छ । यसका साथै स्क्यान गरेर प्राप्त डाटालाई फेसबुकले सर्च इन्जिनको पहुँचमा आउन लायक तरिकाले सुरक्षित राख्ने गरेको छ ।

तर फेसबुकले भने प्रयोगकर्ताको व्यक्तिगत युआरएल स्क्यान गर्ने नभई निज सन्देशहरुको अज्ञात तरिकाले समग्रमा स्क्यान गर्ने गरेको र युआरएललाई लक्षित भन्दा पनि समग्र रुपमा प्रयोग गर्ने गरेको जिकिर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?