Breaking News

२०१६ को युरोकप उपाधि पोर्चुगलले यसरी जित्यो

Feb Tue 2020 05:40:31

293 views

२०१६ को युरोकप उपाधि पोर्चुगलले यसरी  जित्यो

आयोजक फ्रान्सलाई १-० गोल अन्तरले पराजित गर्दै रोनाल्डोको टोली पोर्चुगलले जित हात पारेको छ । निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि अतिरिक्त समयमा गएको खेलमा पोर्चुगलको लागि १०९ औं मिनेटमा इडरले गोल गर्दै यूरोकपको उपाधि पक्का गरेका हुन् ।

रोनाल्डोको बहिर्गमनले निराश पोर्चुगली टोलीको लागि गोलकर्ता इडर नायक ठहरिए । खेल अवधिभर फ्रान्सले पोर्चुगललाई दबावमा राखे पनि जितको लागि पोर्चुगलले गोल गर्न सक्यो ।eder

खेल अवधिभर पटक पटक पोर्चुगाली पोष्टमा दवाब सिर्जना गरेको आयोजक टोली फ्रान्सले जितको लागि कुनै गोल गर्न सकेन । निर्धारित समयभरी खेलमा फ्रान्सले पोर्चुगाली किपर र डिफेन्सलाई व्यस्त राखेको थियो ।

घरेलु भूमिमा आयोजित विश्वकप र यूरोकप उपाधि जितेको फ्रान्सले भने यो पटक स्टेडियममा उपस्थित आफ्नो हजारौं समर्थकलाई निराश तुल्यायो ।

खेल अवधिभर महत्वपूर्ण अवसर सिर्जना गरिरहे पनि उपाधिको लागि आवश्यक गोल गर्नबाट चुक्दा फ्रान्स निराश बनेको हो ।  यूरोकपमा ८ गोल गरेका फ्रान्सका ग्रीजमेनले गोल्डेनबुट जिते ।

फाइनल प्रवेशको लागि पोर्चुगलले वेल्स र फ्रान्सले विश्वविजेता जर्मनीलाई सेमीफाइनलमा पराजित गरेको थियो ।pr

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?