Breaking News

‘डिजिटल सिग्नेचर’ प्रयोगमा स्टान्डर्ड चार्टर्ड पहिलो कमर्सियल बैंक

Feb Tue 2020 05:40:48

581 views

‘डिजिटल सिग्नेचर’ प्रयोगमा स्टान्डर्ड चार्टर्ड पहिलो कमर्सियल बैंक

नेपाल सर्टिफाइङ कम्पनी (एनसिसि) ले स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडलाई डिजिटल सिग्नेचर र सर्टिफिकेट (डिएससि) उपलब्ध गराउने सम्झौता गरेको छ । यस्तो सम्झौतासँगै स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड नेपालमा अनलाइन कारोबार गर्न डिजिटल सिग्नेचर र सर्टिफिकेट प्रयोग गर्ने पहिलो कमर्सियल बैंक बनेको छ ।

नेपालमा रेडिएन्ट इन्फोटेक नेपाल प्रा.लि. (नेपालमा डिजिटल सिग्नेचर प्रमाणिकरण गर्ने निकाय) ले जारी गरेका डिजिटल सिग्नेचर र सर्टिफिकेटको व्यवस्थापनि नेपाल सर्टिफाइङ कम्पनीले गर्दै आएको छ । कम्पनीले कागजमा आधारित कामकाजलाई डिजिटल सिग्नेचर र सर्टिफिकेटले विस्थापन गर्दै देशैभरि लागू गर्ने कार्यमा काम गर्दैछ । स्टान्डर्ड चार्टरसँगको उक्त सम्झौताले बैंकले ‘इ–स्टेट्मेन्ट’ र ‘स्ट्रेट फर्वार्ड बैंक’ सर्भिसहरुलाई बिना कागजमा इन्टरनेटको माध्यमबाट लैजान महत्वपूर्ण भूमिका खेल्नेछ ।

नेपाल सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लव मान सिंहका अनुसार यस सम्झौताबाट उत्साहित भएको र अन्य ममर्सियल बैंकहरुसँग पनि सम्झौता गर्ने लक्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?