Breaking News

हर्टअट्याक हुँदैछ भन्ने यसरी थाहा हुन्छ

Feb Tue 2020 05:40:15

352 views

हर्टअट्याक हुँदैछ भन्ने यसरी थाहा हुन्छ

हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ । यस्ता लक्ष्यण देखीएमा तुरुन्तै अस्पताल जानुपर्छ । तल उल्लेखित कुनैपनि कारण तपाईसंग मिल्दोजुल्दो छ भने तपाई हर्टअट्याकको जोखिममा हुनुहुन्छ ।

हर्टअट्याकका १० कारण

धुम्रपान वा सूर्ति सेवन उच्च कोलेस्टेरोल मधुमेह उच्च रक्तचाप अत्याधिक मदिरा सेवन शारीरिक गतिबिधिमा कमी मोटोपना वंशाणुगत मानसिक तनाव बढी नुनीलो, चिल्लो र गुलियो खानु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?