Breaking News

राज्यका तिनवटै निकायमा महिला प्रमुख बिश्वकै नेपालको पहिलो इतिहाँस

Feb Tue 2020 05:40:56

827 views

राज्यका तिनवटै निकायमा महिला प्रमुख बिश्वकै नेपालको पहिलो इतिहाँस

shushila kkबिश्व ईतिहासमा महीला प्रधानन्यायधिस भएको लगभग ३५र३६ बर्ष पछी भएपनि निकै आशा गरीएकी र निर्णयमा शाहासी, ब्याबशायिक तथा बिबाद रहीत बरीष्ठ न्यायधिस शुशिला कार्की नियुक्त भएकी छिन् ।उनको प्रधान न्यायधिसको पदधारण नेपालको सन्दर्भमा यसकारण पनि महत्वका साथ हेरीएको छ की उनी प्रधान न्यायधिस बनेसंगै नेपालमा बिश्वमै बिरलै हुने उदाहरण बनेको छ,, अब नेपालमा सरकारको तिनवटै अंग ब्यबस्थापिका,कार्यपालिका, र न्यायपालिकाको मुख्य पदमा महिला नेतृत्व भएको छ । नेपालको सर्बोच्च अदालतको आजसम्मको ईतिहासमा उनि पहीलो महीला हुन जो न्याय क्षेत्रको सबै भन्दा ठुलो ओहोदामा पुग्ने पहीलो महीला भएकी छन ।

शुशिला कार्की(सुबेदी) को जन्म बि सं २००९ जेष्ठ २५ गते संकरपुर ,३ बिराटनगर ,मोरङ मा भएको थियो । उनको प्राथामिक गाउमै पुरा भएको थियो । बिराटनगरकै महेन्द्र मोरङ क्याम्पसबाट साईकोलाजी र ईङगलिस मा बि ए गरी बाकी पढाई को लागि बनारस गएकी थिईन ।

त्यहा उनले राजनिती शास्त्रमा स्नातकोतर गरीन ।त्यस पछी नेपाल फर्केर त्रिभुवन युनिभर्सिटी बाट कक्षा नलिई नै एल एल बि गरीन । सके पछी एडभोकेटको काम गर्न सुरु गरीन । उनका दाईहरु र अंकलहरु कानुन ब्याबशायमा अभ्यासरत थिए जस्को संगतमा उनमा पनि कानुन र कानुन ब्याबशाय सम्बन्धी कुराको प्रभाब पर्यो सथै प्ररेरणा पनि दीयो ।

बि सं २०३५ चैत्र १६ मा कानुन ब्याबशायिको लाईसेन्स लिईन र कानुन ब्याबशायिको रुपमा अभ्यासको काम सुरु गरीन र संगै धरानको महेन्द्र मल्टीपल क्याम्पसमा अध्यापन पनि गरीन । उनले पुर्बमाञ्चलको क्षेत्रीय अदालत बार एसोसियसनको अध्यक्षपदमा रही बि सं २०४४ मा दुई बर्ष काम गरीन त्यस पछी बि सं २०५८ मा पुनराबेदन बार बिराटनगर को अध्यक्षमा रही सेवा गरीन ।

त्यस्तै उनी बारको वरीष्ठ अधिबक्ताको रुपमा पनि रहेकी थिन । बि सं। २०६५ मा उनको जीवनले नया मोड लियो जब उनी सर्बोच्च अदालतको अस्थायि न्यायधिसमा नियुक्त भईन । अस्थायि न्यायधिसको रुपमा काम गरेको दुई बर्ष नपुग्दै २०६७ मा उनी सर्बोच्च अदालतको स्थायि न्यायधिसमा नियुक्त भएकी थिईन । न्याय क्षेत्रमा लोकप्रिय छबि बनाएकी शुशिला न्यायधिस समाजको सदस्य पनि हुन ।sushila karki

त्यस्तै अन्तरास्ट्रिय महीला न्यायधिस समाज र ईन्टरनेशनल ग्लो प्रोग्रामको सदस्य समेत रहेकीछन । त्यस्तै नेपालको संविधानको मस्यौदाकार समीतीमा राम्रो काम गरेपछी उनि झन चर्चामा रहीन । उनको छबिलाई झन उच्च बनाउने उनको कुशल न्याय सम्पादन निकै प्रीय मानिन्छ । उनले पार्टिका नेता, भुपु मन्त्री, बहालवाला मन्त्री आदीका मुद्दामा फैसला गरी सकेकीछन । भ्रस्टाचार का कति केशमा जेल सम्म पठाई सकेकी छन । न्यायमा सब बराबर हुन भन्ने कुरा उनको फैसलामा देखीन्छ ।

sandra day o'connorबिश्वमै पहीलोपटक महीला प्रधान न्यायधिसको अमेरीकाकी सान्ड्रा डे अकोनर सन १९८१ मा भएकी थिईन भने छिमेकी राष्ट्र भारतमा सन १९८९ मा फतिमा बेभि एसियाकै पहीलो महीला प्रधान न्यायधिस बनेकी थिईन ।

तर अब नेपाल पनि महीला न्यायधिस छीटै २०१६ पाउदै छ । न्यायलयको अन्तीम निर्णय अब महीला बाट हुनेछ । सम्पुर्ण न्याय क्षेत्रको नेतृत्व अब शुशिलाले गर्नेछीन ।

संबिधान निर्माण भईसकेपछी ब्यबस्थापिका संसदमा पनि मुख्य र सबै भन्दा उच्च पद सभामुखमा पनि महीला नै छन । सभामुख ओनसरी घर्तिलाई नेपालले बिश्वको ९३ र नेपालको पहीलो महीला सभामुखको रुपमा पाएको हो ।list

सन १९२७ मा अस्ट्रीयामा बिश्वको पहीलो महीला सभामुख भएको पचास बर्षको हाराहारीमा नेपालले पनि सन २०१५ मा यस्तो अबसर पायो ।

सन २००९ मा मात्र भारतमा महीला सभामुख चुनिएको थियो । त्यस्तै देशको मुख्य तथा सबैभन्दा ठुलो ओहोदा रास्ट्रप्रमुख रास्ट्रपति पनि महीला नै छन । राष्ट्रपति बिद्या देवी भन्डारीलाईपनि नेपालले पहीलो महीला राष्ट्रपतिकै रुपमा पाएको हो । नेपालमा रास्ट्रपति रहने ब्यबस्था भ्रखर मात्र आएपनि रास्ट्रको दोस्रो रास्टपतिको रुपमा पहीलो महीला रास्ट्रपति यसै बर्ष नेपालले पाएको हो ।

isabelसन १९७४ मा बिश्वमै पहीलो रास्ट्रपति अर्जेन्टीनाले ईशाबेल पेरोनलाई पाएको लगभग तिन शताब्दीमा नेपालले सन २०१५ मा नेपालकै पहीलो महीला रास्ट्रपति पाएको हो ।

त्यस्तै छीमेकी रास्ट्र भारतमा सन २००७ मा प्रतिभा पाटील भारतको पहीलो महीला रास्ट्रपति भएकी थिईन ।

यसरी नेपालमा तिन वटै अंगका प्रमुख एकैसाथ, एउटै बर्ष र सबै पहीलो नै पाएको यो बिश्वमा पहीलो घटना हो र अब लेखीने पहीलो ईतिहास हो । महीला अधिकार र महीला सहभागिताको ज्वलन्त फरक उदाहरण नेपाल हो ।

नियम र कानुमा महीला लेखाउन, आरक्षणको लागि लडेर भन्दा अबसर दीएर महीलाले सबथोक गरेको उदाहरण हो यो । त्यसैले सबैलाई अबसर दीने नियम कानुन र राज्य संञ्चालन प्रक्रीया नै आधुनिकता, बिकाश र समृद्धीको आधार हो भन्ने कुरा हाम्रो यही घटना प्रयाप्त उदाहरण हो ।bimalabidhya devi

onsari

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?