Breaking News

विश्वकै सानो कम्प्युटर, हेर्नुहोस् नुनको सानो टुक्रा जत्रै छ

Feb Tue 2020 05:40:20

756 views

विश्वकै सानो कम्प्युटर, हेर्नुहोस् नुनको सानो टुक्रा जत्रै छ
आइबिएमले विश्वकै सबैभन्दा सानो यस कम्प्युटर १ मिलिमिटर लामो तथा १ मिलिमिटर चौडाइको रहेको छ । थिंक २०१८ कन्फ्रेन्समा विश्वको सबैभन्दा सानो कम्प्युटर पनि प्रदर्शन गर्ने भएको छ ।यसअघि मिसिगन माइक्रो मोटेले सन् २०१५ मा सबैभन्दा सानो आकारको कम्प्युटर तयार पारेको थियो । त्यसको आकार २ मिलिमिटर लम्बाई तथा २ मिलिमिटर चौडाई थियो । आइबिएमले बनाएको कम्प्युटर त्यसभन्दा आधा सानो छ । यो सानो कम्प्युटरले आउ ँदो ५ वर्षमा प्रविधिको दुनियालाई पूर्णरुपमा बदल्ने दाबी कम्पनीको छ । के यति सानो आकारको कम्प्युटरले वास्तवमा अन्य कम्प्युटरले गर्ने काम गर्न सक्छ की देख्नका लागि मात्रै हो त ? यदि यस्तो सोँचाईमा हुनुहुन्छ भने ढुक्क बन्नुस् यो कम्प्युटरको स्टामिना तथा पर्फमेन्स दमदार छ । यो कम्प्युटरले पर्फमेन्सको आधारमा अरु ठूला कम्प्युटरलाई माथ गर्दछ । यो कम्प्युटरमा हजारौँ ट्रान्जिस्टर्सको प्रयोग गरिएको छ । साथै यसमा इन्टर्नल मेमोरी, पावर ब्याट्री, चिप, ३८६ पावर्ड प्रोसेसर, ४ एमबीको र्‍या, एलइडीमा आधारित एक कम्युनिकेसन युनिट तथा फोटो डिटेक्टर पनि रहेको छ । यति सानो ग्याजेटमा यी सबै डिजिटल डिभाइस हुनुका कारणले यो कम्प्युटरले वास्तवमै राम्रो पर्फमेन्स दिन्छ । आगामी ५ वर्षभित्रमा यो कम्प्युटरलाई अझै सानो आकारको तथा शक्तिशाली बनाइने कम्पनीको योजना छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?