दुनियामा यस्ता धेरै चिजहरु छन् जसको उपयोग हामीले निकै गर्छौँ तर ती चिजहरु वास्तवमा ट्वाइलेट भनदा पनि फोहोर हुन्छन् । पत्यार नलाग्न सक्छ । तर वास्तवमा यी चिजहरु ट्वाइलेट भन्दा पनि फोहोर हुन्छन् ।
मोबाइल फोनः मोबाइल फोन ट्वाइलेट भनदा १० गुणा धेरै फोहोर हुन्छ । यसमा यति धेरै हानिकारक ब्याक्टेरियाहरु पाइन्छन् जो हाम्रो सरीरका लागि हानिकारक हुन्छन् ।
ए टि एम बटनः हामीले पैसा निकाल्न थिच्ने एटिएम मेसिनको किबोर्डको बटनमा पनि वास्तवमा ट्वाइलेटमा भन्दा धेरै हानिकारक जिवाणु तथा फोहोर वस्तुहरु रहेका हुन्छन् ।
रिमोट कन्ट्रोलः तपाइँले टेलिभिजनको च्यानल बदल्न प्रयोग गर्ने रिमोट कन्ट्रोल ट्वाइलेट भनदा पनि फोहोर हुन्छ भन्ने पत्याउन गाह्रो हुन्छ । तर सत्य चाहीँ त्यहीँ नै हो ।
कि बोर्डः तपाइँको कम्प्युटर तथा ल्यापटपको कि बोर्डमा ट्वाइलेटमा भन्दा कैयौँ गुणा धेरै ब्याक्टेरियाहरु पाइन्छन् ।
मेनु कार्डः होटेलमा जाँदा वेटरले तपाइँको अगाडि तेर्साउने चिल्लो मेनु कार्ड ट्वाइलेट भन्दा पनि फोहोर हुन्छ भन्ने कुरा पत्याउन गाह्रै पर्छ ।
आइस अर्थात बरफः व्यवसायिक प्रयोजनका लागि उत्पादिन बरफमा पनि धेरै हानिकारक फोहोर वस्तुहरु टाँसिएका हुन्छन् ।
किचेन स्पन्जः तपाइँले आफ्नो किचेन पुछ्नका लागि प्रयोग गर्ने किचेन स्पन्ज यति धेरै फोहोर हुन्छ ।
ग्यासको बर्नरः ग्यासको बर्नरमा समेत धेरै फोहोर जम्मा भएको हुन्छ ।