Breaking News

लागू औषध बिरुद्धको एक दिने TOT प्रशिक्षण तालिम सम्पन्न

Feb Tue 2020 05:40:44

442 views

लागू औषध बिरुद्धको एक दिने TOT प्रशिक्षण तालिम सम्पन्न
  • साधना बस्नेत काठमाडौं

शान्तिको लागि डग्स तथा हिंसा बिरुद्धको अर्थात MADAV मेडाभ को आयोजनमा एक दिने लागू औषध बिरुद्धको प्रशिक्षण तालिम सम्पन्न भएको छ । लागू पदार्थ प्रयोग तथा दुव्र्यसन बारेको व्यापक जनचेतनाका लागि युवा बिद्यार्थी परिचालन नै सही र भरपर्दो माध्यम हुने प्रशिक्षण तालिममा सहभागी वक्ताहरुले बताए । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामागले लागू औषध तथा दुव्र्यसनीको अवस्था भयावह बन्दै गएकोले सामाजिक स्तरबाट चेतनामुलक कार्यक्रमहरु धेरैभन्दा धेरै सञ्चालन गर्नुपर्ने बताए । लागू औषधको प्रयोगले समाजमा हत्या हिंसासँगै अपराधका घटनाहरु बढाउदै लगेको उल्लेख गर्दै यसको बारेमा आधारभुत ज्ञान र चेतना दुबै बिद्यालयका बिदार्थीहरुमा दिन जरुरी भएकोले यस्ता सामाजिक अभियानमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अतिथि तथा युवा नेता महेश कुमार बर्तौलाले लागू पदार्थ बिरुद्धको जनचेतना अभियानमा युवा बिद्यार्थीहरु परिचालन नै सबैभन्दा उत्तम उपाय भएको बताउदै हामी अब मेकानिक होइन साइटिष्ट हुने बाटोतर्फ अगाडी बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो । कार्यक्रमका अतिथि तथा लागू औषध नियन्त्रण कार्यक्रमका प्रमुख खड्ग बहादुर श्रेष्ठले लागू औषध तथा दुव्र्यसनको विकराल समस्यालाई सम्बोधन गर्न सरकार जनचेतनाको अभियान लिएर शहर गाउ र टोल टोलसम्म पुगिसकेको बताउदै कार्यक्रमको प्रभावकारीता लागि सबै एकजुट भएर लागे मात्र सम्भव रहेको बाउनुभयो । कार्यक्रमका प्रशिक्षकहरुले लागू औषध तथा दुव्र्यसन बिरद्धको अभियानलाई युवा बिद्यार्थीमाझ लैजान लागू औषध बारेका ज्ञान जानकारीलाई प्रवाह गर्न सक्ने जनशक्तिको आवश्यकता खाँचो भएको र त्यसका लागि एक दिने प्रशिक्षण तालिम उपयोगी बताएका थिए । कार्यक्रमका प्रशिक्षकहरु बालकृष्ण खकुरेल, प्रमुख औषध व्यवस्था विभागका, प्रहरी नीरिक्षक घनश्याम श्रेष्ठ, लागू औषध नियन्त्रण ब्युरोका, रविराज थापा, पूर्व एआइजीपी शसस्त्र प्रहरी नेपालका र माधव ढुंगेल, उपाध्यक्ष नेपाल युवा परिषद्का थिए । मेडाभ का कोषध्यक्ष तथा प्रशिक्षण तालिम कार्यक्रमका संयोजक दीपक न्यौपानेले कोर्षको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानको आवश्यकता अबको युवा पुस्तालाई दिने व्यवस्था गर्दै सामाजिक जनचेतना अभियानहरुमा व्यापक युवा परिचालन गर्नुको विकल्प नरहेको बताए । कार्यक्रम अनामनगरस्थित युनियन हाउसमा भएको थियो ।5 rudra trainee yu

hi yi yu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?