Breaking News

अफर : १० रुपैयाँमा १०० मिनेट, २०७६ असोज ३० गते देखि ९० दिनसम्म

Feb Tue 2020 05:40:40

703 views

अफर : १० रुपैयाँमा १०० मिनेट, २०७६ असोज ३० गते देखि ९० दिनसम्म
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि सेवा बिहीबार (२०७६ असोज ३० गते) देखि ९० दिनसम्म आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ । एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँ मात्र पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?