सशस्त्र प्रहरी बलद्वारा निःशुल्क बस सेवा संचालन (रुट सहित)
Feb Wed 2020 02:40:17
760 views
सशस्त्र प्रहरी बलले विरामी तथा यातायात सुविधाको अभावमा बेलुका घर फर्किन समस्यामा परेका यात्रुहरुलाई ध्यानमा राखेर आजदेखि तीन वटा वस सेवा संचालनमा ल्याएको छ।
काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुलाई समेट्ने गरी उक्त बसहरुले यात्रुहरुलाई निःशुल्क सुविधा प्रदान गर्ने कार्यलयले जनाएको छ।
विरामी तथा जेष्ठ नागरिक एवं अपाङ्गहरुलाई प्राथमिकता दिइने उक्त निःशुल्क बस सेवा राति अवेरसम्म संचालन गरिने र उक्त बस सेवाले विभिन्न कामको सिलसिलामा घर बाहिर निस्कने यात्रुहरुलाई समेत सेवा प्रदान गर्नेछ।
बस सेवा संचालन गर्दा विभिन्न अस्पताल तथा यात्रुहरुको बढी भिडभाड हुने ठाँउलाई समेत लक्षित गरिएको छ । सशस्त्र प्रहरी बलको यस बस सेवाले शहरको मूल बाटोहरुमा सेवा प्रदान गर्ने बताएको छ।
हाललाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुबाट निस्कने तीनवटा बसहरु मध्ये एउटा बसले कलंकी, सितापाईला, स्वयम्भु, बनस्थली, बालाजु, गोङ्गबु, सामाखुसी, बसुन्धारा, महाराजगंज, धुम्बाराही, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी हुँदै स्वयम्भूसम्म नै यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्नेछ।