Breaking News

सेल्फी खिच्ने जुत्ता : चम्चा र औंठीले पनि सेल्फी खिच्नेछन्

Feb Tue 2020 05:40:22

370 views

सेल्फी खिच्ने जुत्ता : चम्चा र औंठीले पनि सेल्फी खिच्नेछन्

अब त हद नै भएको छ । हुँदाहुँदा जुत्ता, चम्चा, औंठी र काइयोबाट पनि सेल्फी लिन सकिने भएको छ ।

जुत्ताले खिच्छ सेल्फी ! सेल्फी स्टिक बोकेर हिँड्न सजिलो हुँदैन । कतिपय ठाउँमा त सेल्फी स्टिक लिएर हिँड्न पनि अनुमति हुँदैन । त्यसैले अब विकासकर्ताले जुत्ताबाट पनि सेल्फी लिन सक्ने प्रविधि बनाएका छन् । यस्तो जुत्ता बनाएको कम्पनीले जुत्ताको अघिल्लो भागमा स्मार्टफोन अड्याउने ठाउँ राखिदिएको छ ।

selfie-shoes-miz-mooz-1

त्यसमा स्मार्टफोन हालेर तपाईंले खुट्टा उचाल्दै सेल्फी लिन सक्नुहुन्छ । यसरी सेल्फी लिँदा फोटो खिच्नेको दुईवटै हात फ्रि हुनेछ । जुन फोनबाटै लिईने सेल्फीमा सम्भवनै हुन्न । प्रविधिको विकास यतिमै सीमित छैन, अब कम्पनीले जुत्तामै चार्जरको व्यवस्था गर्ने तयारी पनि गरिरहेको छ ।

चम्चा र काँइयोको सेल्फी कमाल

त्यस्तो सेल्फी डिभाइस के काम, जुन डिभाइस तपाईंलाई जुनसकै बेलामा फोटो लिन नसकियोस् र आफ्ना साथीलाइ फोटो पठाउन नसकियोस् । अब तपाईंले खाना/खाजा खाँदै गर्दा पनि सेल्फी लिएर साथीलाई पठाउन सक्नुहुन्छ । त्यो पनि खाजा खाने चम्चाबाटै ।

selfie-spoon

हो, अब सेल्फी डिभाइस चम्चामा पनि जडान गर्न सुरु भएको छ । यो प्रविधिमा ३० इन्च लामो चम्चाको पछिल्लो भागमा स्मार्टफोन राख्न मिल्ने ठाउँ बनाइएको छ । चम्चाले खाजा खाँदै गर्दा तपाईंले मज्जाले सेल्फी लिन सक्नुहुन्छ ।

संसारमा सेल्फीको क्रेज कतिसम्म फैलिएको छ भने अब कपाल कोर्ने काईंयोबाट पनि सेल्फी लिन सकिने भएको छ ।

selfie brush यस्तो सेल्फी ब्रसको पछिल्लो भागमा आईफोन लगाउन सकिन्छ । आईफोन फिट गर्ने गरी यो ब्रस तयार गरिएको छ । यसबाट कपाल कोर्दै गर्दा सेल्फी लिन सकिन्छ । यस्ता सेल्फी लिएर के हुन्छ भन्ने सायद सेल्फीका पारखीहरुलाई नै थाहा होला । तर, विकासकर्ताले सेल्फीको क्रेज आँकलन गरेरै यस्ता नौला प्रविधिलाई निकै महत्व दिएर विकास गरिरहेका छन् । औंठीले खिच्ने की ? सेल्फी प्रविधिमा अझै नयाँ-नयाँ विकास भइरहेकै छन् । अब औंठीले पनि सेल्फी लिने प्रविधि आईसक्यो । खासमा हामी एउटा औंलामा मात्रै औंठी लगाउँछौं । तर, यो प्रविधिमा एकैपटक दुईवटा औंलामा औंठी लगाउनुपर्छ । औंठीमा तपाइँले आफ्नो स्मार्टफोन चिप्काउन सक्नुहुन्छ, जसको मद्दतले जतिबेलामा पनि तपाईं सेल्फी लिन सकिन्छ । अब भन्नुस् तपाईं कुन प्रविधि प्रयोग गरेर सेल्फी लिने ?

selfie-ring

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?