Breaking News

नेपाली विद्यार्थीले बिनाइन्धन धान पेल्ने (थ्रेसर) र सिँचाइ गर्ने उपकरण बनाए

Feb Wed 2020 02:40:30

877 views

नेपाली विद्यार्थीले बिनाइन्धन धान पेल्ने (थ्रेसर) र सिँचाइ गर्ने उपकरण बनाए

मनमोहन पोलीटेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले बिनाइन्धन धान पेल्ने थ्रेसर र सौर्य ऊर्जाबाट सिँचाइ गर्ने उपकरण बनाएका छन् ।  यी उपकरण मानिसको दैनिक जीवनमा निकै उपयोगी भएको विद्यार्थीले बताएका छन् । थ्रेसर निर्माण समूहका विद्यार्थी अमित साहले भने, “बिनाइन्धन परालबाट धान निकाल्ने यो मेसिनको काम हो ।” साह लगायतका विद्यार्थीको समूहले थ्रेसर बनाएको थियो । किसानले उत्पादन गरेको धान काटेपछि चुट्ने झन्झटबाट सो मेसिनले मुक्ति दिनेछ ।

सो कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले सोलारको माध्यमबाट सिँचाइ गर्ने उपकरण पनि निर्माण गरेका छन् । सिँचाइ गर्दा किसान महँगो खर्चबाट जोगिउन् भन्ने उद्देश्यले सो मेसिन निर्माण गरिएको सिँचाइ मेसिन निर्माण समूहका विद्यार्थी सरोज थापाले बताए । उनले भने, “सिँचाइको असुविधा भएको ठाउँमा थोरै खर्चबाट सो मेसिन प्रयोग गरेर सिँचाइ गर्न सकिन्छ ।” मनमोहन पोलीटेक्निकल कलेजका प्रिन्सिपल डा सुभाष पोखरेलका अनुसार सरकारले विद्यार्थीलाई थप लगानी गरे अझै धेरै जीवन उपयोगी र प्रयोगात्मक उपकरण निर्माण गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?