Breaking News

वालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण : राज्यले गर्नुपर्ने सामाजिक काम नागरिक समाजले गरेकोमा उच्च प्रशंसाा

Feb Tue 2020 05:40:42

670 views

वालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण : राज्यले गर्नुपर्ने सामाजिक काम नागरिक समाजले गरेकोमा उच्च प्रशंसाा
  • साधना बस्नेत
jaidv

हिमाल पहाड तराई कोही छैनन् पराई भन्ने नाराकासाथ राष्ट्रिय नागरिक विकास समाज तथा शान्ति विकास अभियान नेपालले अनाथ र टुहुरा वालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । पूजा पोखरेलद्धाराा सञ्चालित खुशी घरका अनाथ, असाहय र टुहुरा वालबालबालिकाहरुलाई जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीको हातबाट शैक्षिक सामाग्री तथा लत्ताकपडा बितरण गरिएको हो । राष्ट्रिय नागरिक विकास समाजले आयोजना गरेको भुकम्पपीडित बालबालिकाहरुलाई लत्ता कपडा तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममलाई सम्बोधन गर्दै मन्त्री जोशीले भुकम्पपीडित जनताको लागि सरकारले अनुदान लगायत अन्य सहयोगका कार्यक्रमहरु द्रुत गतिमा अघि बढाएको बताए । राज्यले गर्नुपर्ने काम, व्यक्ति र संस्थाको पहलमा भएकोमा खुशी व्यक्त गर्दै सो काम अत्यन्तै प्रशंसनीय र उदाहरणीय भएको समेत जोशीले बताए । यस्ता सामाजिक कामहरुबाट आफूले पनि महत्वपूर्ण पाठ सिकेको बताउदै मन्त्री जोशीले आफ्नो कार्यकालमा यस्ता सामाजिक कामको थालनी आफ्नो मन्त्रालयबाटै शुरु गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।mtri

राज्यले गर्नुपर्ने सामाजिक काम व्यक्ति र नागरिक समाजले गरेकोमा उच्च प्रशंसाा

  • शब्द प्रस्तुति : भरतराज उप्रेती

msh सुख र खुशीका साथ समाजमा बाँच्ने रहर सबैलाई हुन्छ तर यो चाहाना सबैको पूरा हुन सक्तैन । विविध कारणले परिवार र समाजबाट अलग हुनेहरुको बाध्यता र वेदना आ–आफ्नै हुन्छन् । प्राकृतिक विपत्तिका कारण होस् या सामाजिक कारण वालबालिकाहरु अनाथ र टुहुरा बनिरहेका छन् । अनाथ र टुहुरा हुनुको पीडा सडकसम्म पुग्नुमा वालबालिकाको आफ्नै दोष होइन । अनाथ र टुहुरा वालबालिकाहरुको पीडामा मल्हम लगाउने समाजसेवीहरु पनि यही समाजमा जन्मिएका हुन्छन् । ती समाजसेवी हातहरुले संघर्ष गरेरै र आफू नखाएर पनि वालबालिकाहरुलाई गाँस बास र कपासको साथै शिक्षा र स्वास्थ्यमा सघाइरहेका छन् ।child

विगत एक दशकदेखि खुशीको घर सामाजिक अभियानमार्फत अनाथ, असाहय र टुहुरा वालबालिकाहरुलाई संरक्षण दिदै यो समाजमा उदाहरणीय बनेकी पूजा पोखरेलको सामाजिक कामलाई सघाउनु हामी सबैको सामाजिक दायित्व पनि हो । मनैदेखि सोचेर बुझेर खुशीको घरमा आश्रित एक सय अनाथ, असाहय र टुहुरा वालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा केही हदसम्म सहयोग पु¥याउने हेतुले राष्ट्रिय नागरिक विकास समाज तथा शान्ति विकास अभियान नेपालले गरेको शैक्षिक सामाग्री र लत्ताकपडा बितरण कार्य समाजकै उच्च प्रशंसनीय काम हो । नागरिक विकास समाज तथा शान्ति विकास अभियान नेपालका संस्थापक महेशजंग कुँवरको पहलमा भएको यस किसिमको सामाजिक कार्यले समाज रुपान्तरण र देश विकासमा विशेष महत्व राख्दछ ।

mass

पूजा पोखरेल, नागरिक विकास समाज तथा शान्ति विकास अभियान नेपाल जस्ता सामाजिक संघ संस्था र महेशजंग कुँवर जस्ता व्यक्तित्वहरुलाई राज्यले विशेष सम्मान गर्न जान्नुपर्दछ । साथै आम नागरिकले पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई पूरा गर्न पूजा, महेशजंग कुँवर र राष्ट्रिय नागरिक विकास समाजले जस्तै गरी अगाडी बढ्न सिक्नुपर्दछ । यसो गर्न सके मात्र सभ्य, विकसित र सम्पन्न समाजको परिकल्पना पूरा हुन्छ ।

pooja

पत्रकार धमलाको हमला, भुकुम्पपीडित जनतालाई अनुदानको राहत हात्ती आयो हात्ती आयो फुस्सा नहोस्

lo

राज्यले गर्नुपर्ने काम एउटा संस्था र व्यक्तिले गरिरहेको छ । विनाशकारी भुकुम्पको पीडामा रहेका नेपाली जनतालाई ९÷९ महिनामा बन्ने सरकारले यो अनुदान राहत, त्यो अनुदान राहत दिन्छौ भनेर जिस्काइरहेको छ । वास्तविक भुकम्प पीडितको तथ्यांक आइसक्दा पनि अनुदान दिने सिष्टम बनाउन नसक्दा दाताहरुको सहयोग फिर्ता जाने अवस्थामा छ । ४५ दिनभित्र अनुदान घर घरमा पु¥याउछौ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नीति तथा कार्यक्रम योजना डेढ महिना बित्न लाग्दा पनि अलमलमा छ । दशैंको मुखमा सरकारको राहत पर्खेका भुकम्पपीडित जनता निराश हुने अवस्था देखिदैछ । राजनीतिक संयन्त्रको तुनो कता कसरी कस्ने भन्ने ढंग नपुग्दा भुकम्मपीडित सरकारको राहतकोषको पैसा आफैं कता कता उड्दैछ रे । यसमा सरकारको जवाफ खोई ? पत्रकार तथा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले आम नाग।िकको तर्फबाट प्रचण्ड नेतृत्वका मन्त्री जयदेव जोशीमाथि प्रतिप्रश्न समेत गरे । पत्रकार धमलाले दशैंअघि नै पीडितलाई राहत तथा अनुदान दिनुपर्नेमा जोड दिए ।

rishi राष्ट्रिय नागरिक विकास समाज तथा शान्ति विकास अभियान नेपालले आयोजना गरेको कार्यक्रममा समाज विकासको लागि अग्रणी भूमिका निर्वाह गरेको  भन्दै महिला सञ्चार समुहका अध्यक्ष अस्मिता भण्डारी ,डा सुवास घिमिरे, भवानीप्रसाद पौडेल, हरिभक्त सिग्देल लगायतका  नागरिक अभियन्तालाई सम्मान गर्नुभएको थियो ।

s2

mahila

s1  45

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?