Breaking News

आइसिटी सम्मान २०७४ बाट सम्मानित हुनेहरु बीरेन्द्र मिश्र, दीपक कार्की, निरञ्जन पटेल लगायत

Feb Wed 2020 02:40:50

571 views

आइसिटी सम्मान २०७४ बाट सम्मानित हुनेहरु बीरेन्द्र मिश्र, दीपक कार्की, निरञ्जन पटेल लगायत
आइसिटी पत्रकार मञ्चको सातौ वार्षिकोत्सव २०७४ को अवसरमा आइसिटी तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका आधा दर्जन व्यक्तित्वहरु आइसिटी सम्मान २०७४ द्धारा सम्मानित भएका छन् । आइसिटी लिडरसीप सम्मान बीरेन्द्र मिश्रलाई सम्मानित हुनेहरुमध्ये नेपाल सरकार विज्ञान मन्त्रालय सूचना प्रविधि बिभागका पूर्व महानिर्देशक बीरेन्द्र कुमार मिश्र आइसिटी लिडरशीप सम्मान २०७४ बाट सम्मानित भएका छन् । मिश्रले तीन दशकदेखि नेपाल सरकारको बिभिन्न निकायको बिभिन्न तहमा रही सरकारी सेवामार्फत नेपालको सूचना प्रविधि क्षेत्रमा विशेष योगदान पु¥याउनुभए वापत सम्मानित गरिएको सम्मान व्यहोरामा उल्लेख छ । दीपक कार्की युथ लिडरशीप सम्मानबाट सम्मानित सामाजिक क्षेत्रमा युवा वर्गको नेतृत्व लिदै उल्लेखनिय काम गरेका कारण दीपक कार्की आइसिटी युथ लिडरशीप सम्मान २०७४ बाट सम्मानित भएका हुन् । समाज रुपान्तरण र देश विकासका लागि विगत दुई दशकदेखि विविध सामाजिक सेवामार्फत महिला उद्यमशीलता, ससक्तीकरण, युवा र वालबालिकाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभए वापत सम्मानित भएका हुन् । Dipak Karki को फोटो। निरञ्जन पटेललाई आइसिटी युथ आन्टरप्रिनयरसीप सम्मान आइसिटी युथ आन्टरप्रिनयरसीप सम्मान २०७४ बाट निरञ्जन पटेल सम्मानित भएका छन् । एसइओको क्षेत्रबाट नेपालको सूचना प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाए वापत पटेललाई आइसिटी युथ आन्टरप्रिनयरसीप सम्मान प्रदान गरिएको हो । कुनैपनि वस्तु उत्पादन तथा सेवाहरुको जानकारीलाई इन्टरनेटमार्फत प्रवद्र्धन गर्ने काम नै एसइओ हो, अर्थात कन्टेन्टहरुको वेभ प्रवद्र्धन टुल्सको रुपमा एसइओ प्रयोग हुर्दै आएको छ । सम्मानित हुनुेहरुमा डा. सुभास घिमिरे, युवा नेता इन्द्रमान महर्जन, वरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठ र इन्दिरा घले, लाग ओषध विरुद्धको सामाजिक अभियन्ता तथा टान्सफरमेसन नेपालका निर्देशक सन्तोष घिमिरे लगायत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?