Breaking News

फोरजी सेवा मोबाइलमा कसरी एक्टिभेट गर्ने

Feb Tue 2020 05:40:16

851 views

फोरजी सेवा मोबाइलमा कसरी एक्टिभेट गर्ने
हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहक *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् । ग्राहकले *444# डायल गर्दा आफ्नो सिम फोरजी सेवाका लागि परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । यो नम्बरमा रिक्वेष्ट गर्दा फोरजी सेवा एक्टिभ नहुने अवस्थाको सिम भए नयाँ लिन अनुरोधसहित नोटिफिकेशसन आउनेछ । र, ग्राहकले नजिकैको टेलिकमको ग्राहक सोव केन्द्रमा गएर सिम परिवर्तन गर्न सक्नेछन् । यस्तो सिम लिँदा ग्राहकले एक रुपैयाँ पनि पैसा तिर्नुनपर्ने वैद्यले जानकारी दिइन् । पहिलोपटक फोरजीरएलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । सेवाग्राहीले आफूले चाहेको अनुसार नेटवर्क अपरेटर र फ्रिक्वेन्सी चेन्ज गरेर सेवा प्राप्त गर्न सक्छन् । मोबाइल नेटवर्कमा चेन्ज गरेर आफूले चाहेको बेलामा मात्र फोरजी सेवा लिन सकिन्छ । नचाहिएका बेला फोरजी अप्सन अफ गरेर थ्रीजी वा टुजीमा इन्टरनेट चलाउन सक्नुहुन्छ । उच्च गतिको इन्टरनेट आवश्यक भएको अवस्थामा फोरजी सेवा लिन सकिन्छ । मल्टिमिडिया (भिडियो, भ्वाइस, तस्वीर, ग्राफिक्स, टेष्ट) को प्रयोगमा फोर जी प्रयोग गर्दा सेवा सहज हुन्छ । ठूलो क्षमताका फाइल अपलोड वा डाउनलोड गर्न, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा थ्रीडी टिभी हेर्न फोरजी चलाउँदा राम्रो हुन्छ । फोरजीको शुल्क थ्रीजीको केही भन्दा महँगो पर्न जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?