Breaking News

सनी लियोनसँग रिसाएकी राखी

Feb Wed 2020 02:40:28

489 views

सनी लियोनसँग रिसाएकी राखी

राखी साम्बत यी दिनहरुमा निकै आक्रोश पोखिरहेकी छन्। लाग्छ, उनी सनी लियोनसँग धेरै नै रिसाएकी छिन्। निशानामा सेन्सर बोर्ड पनि छ। राखीको एक भिडियो सेन्सर बोर्डले अड्काइदियो। तर, एडल्ट स्टार सनी लियोनको फिल्मलाई पास गरिदियो।  यसै विषयमा उनले आक्रोश मिश्रित अभिव्यक्ति दिँदै भनिन्, 'सेन्सर बोर्डले पोर्न स्टारको पाउ छोइरहेको छ।' rakhi-1.jpg यती मात्रै होइन, सनि लियोनलाई पनि जथाभावी बोलेर गालि गरेकी छन्। उनले आम नागरिकलाई पनि छोडिनन्। भनिन्, 'भारतका जनता एक पोर्न स्टारलाई मन पराउँछन्।' राखीका अनुसार उनी भारतीय केहीहरुलाई बचाउनका लागि एक पोर्न स्टारसँग लडिरहेकी छन्। सनीसँग राखी यसकारण रिसाएकी छन् कि सनी आउनासाथ राखीलाई बलिउडमा सोध खोज गर्ने दर्शककै कमी भएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?