Breaking News

आइफोन ७ का विशेषताहरु

Feb Tue 2020 05:40:32

385 views

आइफोन ७ का विशेषताहरु

एप्पलले पनि आफ्नो आगामी आइफोनको उत्पादन केही महत्वपूर्ण हुने बताइसकेकोले यो उत्सुकता हुनु पनि स्वाभाविक हो । जान्नुहोस् आइफोन ७ का केही तथ्यहरु – १. सार्वजनिक मिति : एप्पल कम्पनीले आगामी सेप्टेम्बर ७ तारिखमा आईफोन ७ बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । उसले आफ्नो आइफोन ७ बजारमा सार्वजनिक गर्ने क्रममा दुई उत्पादन एकैपटक बजारमा ल्याउन सक्ने देखिएको छ ।

उसले ल्याउन लागेको आइफोनमध्येको एक उत्पादनको रुपमा आइफोन ७ सँगै आइफोन ७ प्लस पनि बजारमा आउनसक्ने बताइएको छ । आइफोन ७ चार दशमलव ७ इन्चको हुनेछ भने आइफोन ७ प्लस पाँच दशमलव पाँच इन्चको रहनेछ । २. उत्पादनको नाम : यसअघि आफ्ना उत्पादनको नाम क्रमैले राख्ने गरेको आइफोनको नयाँ उत्पादनको नामलाई लिएर पनि विभिन्न टीकाटिप्पणीहरु हुने गरेका छन् । केहीले आइफोन ७ को नाम आइफोन ७ प्रो राखिने बताएका छन् भने केहीले यसको नाम आइफोन ६एसई रहने अनुमान गरेका छन् । ३. बनावट : कम्पनीले आइफोन७ को लागि सार्वजनिक गरेको तस्बीरबाट यो अहिलेसम्मकै सबैभन्दा पातलो आइफोन हुने देखिएको छ । यसमा मानिसहरुले ब्लूटुथ हेडफोन, लाइटिङ पोर्टजस्तै हेडफोन वा डायप्टरको पनि प्रयोग गर्न सक्नेछन् । यसमा फ्ल्यास क्यामेरा पनि जोडिएको हुनसक्छ । ४. क्यामेरा : एप्पल कम्पनीले व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानेको नयाँ उत्पादनमा ड्युल क्यामेरा हुने हल्ला चलेको छ । यसले कम उज्यालोमा पनि राम्रो फोटो निकाल्न सकने बताइएको छ ।

स्रोतका अनुसार अहिले आउन लागेको उत्पादनमा प्रयोग गरिएको क्यामेराले जुम पनि निकै स्पष्ट रुपमा गर्न सक्छ भने फोकस पनि गर्न सक्छ । ५. स्क्रिन रिजोलुसन : आइफोन ६ र आइफोन ६ प्लसमा निकै महत्वपूर्ण नयाँ प्रविधिको रुपमा लिइएको स्क्रिन रिजोलुसनको प्रयोग आइफोन ७ र आउने सबै मोडलहरुमा प्रयोग हुनसक्ने बताइएको छ ।

स्क्रिन रोजुलेसन धेरै भएको खण्डमा फोटा उच्च गुणस्तरीय हुने र ठूलो आकारको वस्तुलाई पनि सानो स्क्रिनमा अटाउन सकिन्छ ।

चार दशमलव ७ इन्चको फोनमा फुल स्क्रिन रिजोलुसनको प्रयोग गरिने सम्भावना छ भने पाँच दशमलव पाँच इन्चको फोनमा भने नयाँ प्रविधिको प्रयोगको सम्भावना छ । ६. ब्याट्री : आइफोन ७ को ब्याट्री पनि निकै राम्रो हुने अनुमान गरिएको छ । उक्त स्मार्टफोनको ब्याट्री ३१००mAh को रहने अनुमान गरिएको छ । यो ब्याट्री अन्य आइफोनको तुलनामा १२ दशमलव ५ प्रतिशतले ठूलो रहने बताइएको छ । ७. मेमोरी : आइफोन ७ मा स्टोरेज क्षमता ३२ जीबी, ६४ जीबी र एक सय २८ जीबी मध्ये कुनै एउटा हुने अनुमान गरिएको छ । ८. अन्य परिवर्तन : अहिले सार्वजनिक गरिन लागेको आइफोनमा यसअघिका उत्पादनको तुलनामा भौतिक रुपमा पनि केही परिवर्तन हुने अनुमान गरिएको छ । यसमा यसअघिको जस्तो थ्री डी स्क्रिन हुने सम्भावना कम रहेको छ ।

त्यसको सट्टामा टु एट टाइप स्क्रिन हुने सम्भावना छ । साथै त्यसमा वायरलेस चर्जिङ र वाटर प्रुफिङको प्रयोगको सम्भावना रहेको बताइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?