Breaking News

युट्युव नेपाल भर्सन यस्तो छ

Feb Tue 2020 05:40:58

559 views

युट्युव नेपाल भर्सन यस्तो छ

युट्युवले नेपाली दर्शकलाई लक्षित गरी नेपाल संस्करणमा अब नेपालमा लोकपि्रय भइरहेका भिडियोहरु हेर्न सकिनेछ ।

युट्युवले मंगलबारदेखि नेपाली संस्करण सुरु गरेको । अब तपाइँले नेपालबाट युट्युव खोल्दा युट्युवको लोगोको छेउँमा सानो अक्षरमा एनपी लेखेको देख्न सक्नुहुन्छ ।

नेपालबाट युट्युव खोल्ने प्रयोगकर्ताले नेपालमा लोकपि्रय भइरहेका भिडियोहरु ट्रेण्डिङ ट्याबमा गएर हेर्न सक्नेछन् । प्रयोगकर्ताको रुचीलाई अनुसन्धान गरी युट्युवले सिफारिसहरुसमेत देखाउने छ ।

youtube-np-1

जसले गर्दा नेपाली भिडियो उत्पादकहरुलाई लक्षित समुदायमाझ पुग्न अझै सजिलो हुनेछ । यदि तपाइँले युट्युवमा नेपाली लोकगीत धेरै हेर्ने गर्नुभएको छ भने युट्वयुवले अब त्यहीअनुसारको सिफारिस देखाउने छ ।

नेपाललाई लक्षित गरेर युट्युवले गतबर्षदेखि नेपाली भाषामा सेवा सुरु गरेको थियो । केही महिनाअघि मात्र युट्युवले मोबाइल एपमार्फत् अफलाइन भिडियो हेर्न मिल्ने सुविधा नेपालका लागि थपेको थियो ।youtube-np

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?