Breaking News

मानव संसाधन भेला ‘HR Meet 2018 को एजेण्डा तनाव व्यवस्थापनबारेको वहस

Feb Tue 2020 05:40:50

581 views

मानव संसाधन भेला  ‘HR Meet 2018 को एजेण्डा तनाव व्यवस्थापनबारेको वहस
मानव संसाधनको क्षेत्रमा काम गर्दै आएको संस्था ग्रोथ सेलर्सले दुई दिने गैर आवासीय सम्मेलन मार्फत संसाधनको पुँजीलाई विकसित गर्ने तथा सशक्तीकरण गर्ने लक्ष्य सहित ११औँ संस्करणको मानव संसाधन भेला  एच्आर् मिट २०१८’ चैत्र ५ र ६ मा हुने भएकोछ। मानव संसाधनका विषयमा सत्रहरू प्रस्तुत गर्नका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरू बोलाइएको छ। एक्सेन्चरकि मानव संसाधन प्रबन्ध निर्देशक डाक्टर तनाया मिश्रा र एसियन पेन्ट्स प्रालि भारतका पूर्व मानव क्रमशः संसाधन प्रमुख एन्एस् आइयर प्रमुख वक्ताहरूरुपमा रहेको आयोजकले जनाएको छ।  यस सम्मेलनले कार्यकारी अधिकृतहरू तथा मानव संसाधन विज्ञहरू बीच ‘रोजगारीको अवसर र सीपमा कमी’ का विषयमा प्यानल छलफल चलाउने योजना रहेको आयोजकले जनाएको छ। एजेण्डा यस्ता छन् सत्रहरु संस्थागत रूपान्तरण र परिवर्तन व्यवस्थापन, संस्थामा सांस्कृतिक अनुकुलन र मानव संसाधन व्यवस्थापनका नवीन सामग्रीहरूका विषयमा सत्रहरु रहेका छन्। प्यानल अन्तरवार्ताको विषय 'मानव पुँजी व्यवस्थापन गर्ने सरकारको भूमिका’ रहेको छ। ‘ तनाव व्यवस्थापन र काम र जीवनको सन्तुलन’ विषयक एक सत्र रहने जनाइएको छ। अर्को प्यानल छलफलको सत्र ‘कार्यस्थलमा लैंगिकताका सवालहरूको सामना’ सँग सम्बन्धित रहने जनाइएको छ। Image result for hr submit 2018 nepal ग्रोथ सेलर्सले सन् २००८ देखि मानव संसाधन भेला आयोजना गर्दै आएको छ। मानव संसाधन आयोजक समितिका अध्यक्ष तथा ग्रोथ सेलर्स प्रालिका प्रबन्ध निर्देशक मोहन ओझाले नेपालमा पनि मानव व्यवस्थापको विषयमा धेरै काम भएको बताए। ओझाका अनुसार विभिन्न संस्थाहरूमा कार्यरत १५०० भन्दा अधिक मानव संसाधन पेशाकर्मीहरू कार्यरत छन्। Image result for hr submit 2018 nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?