Breaking News

सबैभन्दा बढी ह्याक हुने पासवर्ड १२३४५६ हो, सजिलै ह्याक हुने २० पासवर्डहरु

Feb Tue 2020 05:40:39

740 views

सबैभन्दा बढी ह्याक हुने पासवर्ड १२३४५६ हो, सजिलै ह्याक  हुने २० पासवर्डहरु
कहिलेकाहि तपाई‌ंको आफ्नै गल्तिले इन्टरनेट आश्रित एकाउन्टहरु ह्याक हुन्छन् ।  एकाउन्ट ह्याक हुनुको पछाडीको सबैभन्दा प्रमुख कारण हो, सजिलो पासवर्ड हुनु हो । विश्वको सबैभन्दा सजिलो र छिट्टै ह्याक हुने पासवर्ड भनेको १२३४५६ हो । बेलायतको नेशनल साइबर सिक्योरिटी सेन्टरले गरेको अनुसन्धानअनुसार विश्वका अधिकाशं मानिसले राख्ने छरितो डिजिटल पासवर्ड भनेको १२३४५६ नै हो । जसलाई विश्वका २ करोड ३० लाखभन्दा बढी मानिसले डिजिटल पासवर्ड राखेको साइबर सेन्टरले जनाएको छ । त्यस्तै ७७ लाखभन्दा बढीले १२३४५६७८९ लाई पासवर्ड राखेका छन् । त्यसका अलावा २५८०, password र १११११ लाई पासवर्ड राख्नेहरुको संख्या समेत लाखौं छ । ह्याकरले सजिलै ह्याक गर्न सक्ने २० जोखिम युक्त पासवर्डहरु निम्नानुसार छन् । १. १२३४५ २. १२३४५६७८९ ३. २५८० ४. Qwerty ५. Password ६. १११११ ७. १२३४५६७८ ८.abc123 ९. १२३४५६७ १०. password1 ११. १२३४५६७८९० १२. १२३१२३ १३. ०००००० १४. Iloveyou १५. १२३४ १६. 1q2w3e4r5t १७. Qwertyuiop १८. १२३ १९.Monkey २०.Dragon

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?