Breaking News

फोटो प्रिन्ट गर्ने क्यामेराको विकास

Feb Tue 2020 05:40:34

680 views

फोटो प्रिन्ट गर्ने क्यामेराको विकास
Snap-camera-4मसीबेगर ठाउँको ठाउँ फोटो प्रिन्ट गर्ने पोलारोइडको नयाँ स्न्याप क्यामेराको विकास भएको छ तर यो बजारमा आइसकेको पनि छैन् । बर्लिनमा आयोजित विद्युतिय उपकरणहरुको मेला आइएफए कन्फ्रेन्सका क्रममा ९९ डलर मूल्यको १० मेगाप्रिक्सेलको स्न्याप क्यामेरा प्रदर्शनमा राखिएको थियो । पोलारोइडले यसअघि पनि इन्स्टान्ट क्यामेराहरु रिलिज गरेको छ जसले कम्पनीको मसीरहित जिंक पेपु प्रविधि प्रयोग गर्छन् । तर तिनीरु ठूला र महंगा छन् । साथै तस्बिरको गुणस्तर पनि गतिलो नभएपछि खासै सफल हुन सकेनन् ।     Snap-camera-1प्लास्टिकको स्न्याप क्यामेरा पूर्णरुपमा खेलौना जस्तो चिटिक्कको देखिन्छ, जसले गर्दा पनि यसको लोकपि्रयता बढ्ने देखिन्छ । यो क्यामेरा आकारमा पहिलेको ७२३०० भन्दा अलिकति सानो छ । अन्य विशेषताहरु जिप इन्सटान्ट फोटोपि्रन्टरको जस्तै छन् । आइएफएमा राखिएको क्यामेराको मोडल निर्माणाधिन अवस्थामै भएकाले त्यसको गुणस्तरबारे यकिन गर्न सकिएको छैन् । यस क्यामराको दाहिनेतिरबाट २ बाई ३ को फोटो निस्किन्छ भने देबे्र तिर क्यामराको ब्याट्री चार्ज गर्न माइक्रो यूएबि पोर्ट र फोटो संग्रह गर्न माइक्रो एसडी कार्ड रहेको छ । यसमा आन्तरिक स्टोरेज छैन् । यसलाई टर्न अन र टर्न अफ गर्न भ्युफाइन्डरमा थिच्नुपर्छ जुन क्यामेराको माथिल्लो भागमा छ । यो क्यामरालाई यस वर्षको अन्त्यसम्मका बजारमा ल्याउने कम्पनीको योजना छ । -मासाबेल डटकमबाट Snap-camera-2 Snap-camera-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?