Breaking News

Feb Tue 2020 05:40:50

652 views

 ३ लाख १० हजार ९८ जनाद्वारा इन्फोटेक अवलोकन

क्यान महासंघको आयोजनामा सञ्चालित २३औं संस्करणको ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन सूचना प्रविधि प्रेमीको अपार सहभागीताका साथ सम्पन्न भएको छ ।  क्यान इन्फोटेक २०१७ लाई ३ लाख १० हजार ९८ जनाले उत्साहजनक तवरले अवलोकन गरेको क्यान महासंघले जनाएको छ ।

इन्फोटेक २०१७ लाई सेलिब्रेटी, राजनीतिक दलका नेतृत्ववर्ग, नीति निर्मातालगायत बालकदेखि बृद्धसम्मका सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको पायौ । यसले आम नेपालीमा सूचना प्रविधिको पंहुच विस्तार र नीति निर्माणमा योगदान पु¥याउने छ भन्ने कुरामा हामी आशावादी छौ । यस पटकको प्रदर्शनीमा माननीय उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, मुख्य सचिव डा. सोमलाल सुवेदी, माननीय परराष्ट्र मन्त्री डा। प्रकाशशरण महतज्यू, , माननीय जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीज्यू, माननीय सभासद उदय शमशेर राणाज्यू, माननीय उद्योग मन्त्री नविन्द्रराज जोशी, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल ज्यू, सुचना प्रविधि विभागका महानिर्देशक विरेन्द्रकुमार मीश्र, कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, दिपकराज गिरी, दिपाश्री निरौला, अनपविक्रम शाही,आयुष देशराज श्रेष्ठ जोशी, राष्ट्रिय जुडो खेलाडी फुपु ल्हामु खत्रीलगायतले इन्फोटेकको अवलोकन गर्नुभयो ।

६ दिनसम्म चलेको नेपालकै सबैभन्दा ठूलो प्रदर्शनी मेला सूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले सन् १९९५ देखि प्रत्येक वर्ष क्यान इन्फोटेक को नामले सञ्चालन हुदै आइरहेको हो ।

२३औं संस्करणको ईन्फोटेकमार्फत् नेपालमा थुप्रै नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन् । जसको बारेमा ईन्फोटेकमार्फत आम नेपालीले प्रत्यक्ष जानकारी लिने अवसर मिलेको छ । प्रदर्शनीमा प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, ब्याट्री, सोलार, युपीएस, इन्डक्सन चुलो, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु, स्मार्टफोन÷ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित बिशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, पावर बैंक, स्मार्टवाच, सेल्फी स्टिक लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो ।

इन्फोटेकमा विशेषगरी मोबाइल ब्राण्डका स्टलहरुमा अवलोकनकर्ताको आकर्षण देखियो । ११ भन्दा बढी मोबाइल ब्राण्डले पछिल्ला मोडलका स्मार्टफोनहरु यसै प्रदर्शनीमार्फत् सार्वनजनिक गरे । सामसुङ, हुवावे, ओप्पो, जोप्पो, लेनोभो, माइक्रोम्याक्स आदि ब्राण्डले नेपाली उपभोक्तालाई लक्षित गरी निर्माण गरिएको मोबाइल सार्वजनिक एवं प्रदर्शनी गरेका थिए । त्यस्तैगरी आइएसपीहरु सुबिसु, वेबसर्फर, भायनेटका ब्रोडब्यान्ड इन्टरनेट र डिजिटल टिभीमा विशेष अफर राखिएको थियो । सुबिसुले यसै इन्फोटेकमार्फत् आफ्नो एचडी च्यानल पनि सार्वजनिक गरेको छ । प्रदर्शनीमा सहभागी कम्पनीहरुले इन्फोटेक अवधिभर आफ्ना वस्तु र सेवामा विशेष छुट र उपहार योजना ल्याएका थिए । त्यसैगरी नेपालमै सफ्टवेयर, सोलुसन्स र सर्भिसेसको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुको पनि इन्फोटेकमा विशेष उपस्थिति रहेको थियो ।

क्यान ईन्फोटेकको यस २३ औं संस्करणको शिर्ष प्रायोजन सुबिसु केबलनेट, एशोसिएट स्पोन्सर सामसुङ, प्लाटिनम स्पोन्सर–मर्कन्टाईल, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरु– हुवावे र ओप्पो मोबाईल, सिल्भर स्पोन्सरहरु– नेटिस, एस।पावर, एम।आई। स्मार्ट फोन र लेनोभो रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– खल्ती रहेका थिए । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी १५८ कम्पनीका २२२ स्टल रहेका थिए ।

हरेक वर्ष हुँदै आइरहेको क्यान आइसिटी कन्फेरेन्सको १७औं संस्करण माघ १६ र १७ गते होटल सोल्टीमा आयोजना गरिएको थियो । यसपटकको संस्करणको विषय ‘दिगो विकासका लागि आइसिटी’ आइसिटी फोर डी रहेको थियो । सो विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै शिक्षा क्षेत्र, आइटी व्यवसायी र व्यवस्थापिक सांसदहरुबीच प्यानल डिस्कसन गराइएको थियो ।

इन्फोटेक २०१७ मा ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेसन प्रविधिको विशेष प्रदर्शनी

can-info-2017
  • साधना बस्नेत/भरतराज उप्रेती, काठमाडौ

२३औं संस्करणको क्यान ईन्फोटेक २०१७ भृकुटीमण्डपमा सुरु भएको छ । उदघाटन सत्रमा बोल्दै उपपधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले नेपालमा सूचना प्रबिधि क्षेत्रको बिकास एवं बिस्तारका लागि सरकार र निजी क्षेत्र मिलेर इ- नेपाल बनाउन हातेमालोको खाँचो रहेको बताए । उद्घाटन सत्र नेपाल सरकारका मुख्य सचिव सोमनाथ सुवेदी, लगायत सूचना प्रबिधि क्षेत्रका अगुवाहरुको विशेष सहभागिता रहेको थियो ।

८ वर्ष पहिले आफू सूचना तथा सञ्चार मन्त्री हुदा ल्याएको हात हातमा मोबाइल र घर घरमा इन्टरनेट भन्ने नाराले अहिले मूर्त रुप पाइसकेकोले आइटी तथा आइसिटीलाई संक्षिप्त बनाउनुपर्नेमा महराले सबैको ध्यानाकर्षण समेत गराउनुभयो । सूचना प्रविधिको प्रयोगमार्फत हरेक कामकाज सरलीकरण र सहजीकरणका लागि संक्षिप्त अर्थात सारसंक्षेपमा जानकारी दिने सिष्टमको विकास गर्नुपर्ने उल्लेख गर्दै उपपधान तथा अर्थमन्त्री महराले सूचना प्रविधिको अग्रणी संस्था क्यान महासंघकोे इन्फोटेक मार्फत भूमिका अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

infotch-017

विज्ञान र प्रविधिको आधुनिक आविष्कारबाट बाहिर जानै नसक्ने भन्दै विद्युतीय सिकाइ ‘इलर्निङ’ लाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले दूरसञ्चार प्रविधिको पहुँच ग्रामीण भेगका जनतासम्म पु¥याउन सरकार लागि परेको उल्लेख गर्दै अबको १० वर्षपछि पूरै नेपाल विद्युतीय ‘इ’ नेपाल हुने दाबी समेत गर्नुभयो ।

क्यान इन्फोटेक मेलाको  उदेश्य सूचना प्रबिधिको जनचेतना फैलाउनु : अध्यक्ष बिनोद ढकाल 

इन्फोटेक २०१७ मा ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेसन प्रविधिको विशेष प्रदर्शनी binod

क्यान इन्फोटेक मेलाको मुख्य उदेश्य भनेको नै आम नागरिमकमा सूचना प्रबिधिको जनचेतना फैलाउनु रहेको क्यान महासंघका अध्यक्ष बिनोद ढकालले बताए । ढकालले सूचना प्रविधि क्षेत्रलाई राज्यले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । इन्फोटेक २०१७ मा ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेसन प्रविधिको विशेष प्रदर्शनी हुनेछ अध्यक्ष ढकालले भने ।

इन्फोटेक २०१७ मोबाइल कम्युनिकेसन र कम्प्युटर हार्डवेर सफ्टवेयरको  विशेष प्रर्दशनी : महासचिव बिश्वराम बलामी

biswa

[embedyt] http://www.youtube.com/watch?v=Hnf3AiISsVU[/embedyt]

इन्फोटेक २०१७ मेलामा बिभिन्न कम्पनीहरुले इन्टरनेट, मोवाइल, ल्यापटप तथा बस्तु तथा सेवाहरुमा बिभिन्न छुट समेत दिन लागेको क्यान महासंघ महासचिव बिश्वराम बलामीले बताए । मोबाइल कम्युनिकेसन र कम्प्युटर हार्डवेर सफ्टवेयरको नयाँ भर्सनका उपकरणहरुको विशेष प्रर्दशनी इन्फोटेक २०१७ मेलामा रहने भएकोले अवलोकनकर्ताहरुले सूचना प्रविधिका पछिल्ला उत्पादन र सेवाहरुको जानकारी सहज तवरले लिन व्यवस्था मिलाइएको छ महासचीव बलामीले बताए ।

can com3 २३औँ संस्करणको क्यान इन्फोटेक मेला आगामी माघ १८ गतेसम्म चल्नेछ । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने मेलामा २२२ कक्ष रहेका छन् यस वर्ष क्यान इन्फोटेकको शीर्ष प्रायोजन सुविसु र एसोसिएट प्रायोजक सामसुङ रहेका छन् । त्यस्तै प्लाटिनम स्पोन्सर–मर्कन्टाइल, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम रहेको छ । मेलामा व्यवसायीले व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनुका साथै एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने छन् । क्यान इन्फोटेकको अघिल्लो वर्ष तीन लाख ६३ हजारले अवलोकन गरेकामा यस वर्ष सो सङ्ख्या चार लाख पुग्ने विश्वास आयोजकको छ । इन्फोटेकमा अवलोकन शुल्कबापत सर्वसाधारणलाई रु एकसय र विद्यार्थीलाई रु ५० तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?