Breaking News

नेपालको सरकारी क्षेत्रको साइवर सुरक्षा

Feb Tue 2020 05:40:27

1398 views

नेपालको सरकारी क्षेत्रको साइवर सुरक्षा

सुरेन्द्र पोखरेल

(कञ्चन गाउँपालिका) /सदस्य, सुचना प्रविधी समाज नेपाल

  साइवरमाथी उचित खालको ख्याल राख्न नसके नेपालको   साइवर क्षेत्रमा व्यापक चुनौति थपिने कुरामा दुइमत छैन ।कहिले बैङ्किङ क्षेत्रमा त कहिले सरकारी क्षेत्रमा  साइवरमाथी हमला भइरहेको छ । कम्प्युटर तथा इन्टरनेट सम्वन्धी  व्यवशाय नै साइवर व्यवशाय हो । कम्प्युटर तथा इन्टरनेटको क्षेत्रमा अहिले निकै हलचल भएको छ कम्प्युटर र इन्टरनेट विना कुनै पनि कामहरू अप्ठ्यारा लाग्ने हुन्छन ति कामहरू लाइ पनि  अव कम्प्युटरको माध्यमवाट सहजै गर्न सम्भव भएको छ । 

इन्टरनेटको माध्यमवाट आजका कामहरू छिटो तथा सरल ढङ्गवाट सम्पन्न भएका छन । सामान्य जानकारीका लागि टाढा जानुपर्ने वाध्यता हटेको छ।इन्टरनेटले सरकारी सेवालाइ प्रभावकारी वनाएको छ । सरकारलाइ निति निर्माणको लागि छिटो निर्णय लिनका लागि एमआईएस प्रविधी हरेक क्षेत्रमा लागु भइसकेको छ ।

इन्टरनेटको माध्यमवाट काम हुने र काम गर्न जति सहज छ त्यति नै त्यस क्षेत्रमा चुनौतिहरू  रहेका छन। सरकारी क्षेत्रमा त अहिले मुख्य चुनौतिका  रूपमा साइवर क्षेत्र रहेको छ । सरकारले मिति २०७६  भाद्र देखी नै मन्त्रिपरिषद बैठकलाइ पेपरलेस वनाएको छ । हरेक क्षेत्रलाइ डिजिटल पार्ने लक्ष्यका साथ डिजिटल नेपालको परिकल्पना गरिएको छ। यसलाइ साकार पार्नका लागि हामी सबै मिलेर लागिपरेका पनि  छौ ।

साइवरमाथी उचित खालको ख्याल राख्न नसके नेपालको   साइवर क्षेत्रमा व्यापक चुनौति थपिने कुरामा दुइमत छैन ।कहिले बैङ्किङ क्षेत्रमा त कहिले सरकारी क्षेत्रमा  साइवरमाथी हमला भइरहेको छ । साइवरको माध्यमवाट नै अपराधिक गतिविधी समेत वढेको कुरा पनि प्रहरिको प्रतिवेदनले वताउछ ।सरकारी क्षेत्रमा वढेको साइवर हमलालाइ कम गर्नका लागि सरकारले  कुनै ठोस कदम चालेको देखिदैन ।उचित जनशक्तिको अभाव तथा पलायन भएका जनशक्ति रोक्न नसक्नुले पनि साइवर क्षेत्रलाइ घाटा पुर्याएकै छ ।

कुनैपनि कुरामा समस्या आइसकेपछी भन्दा आउनै नदिनु नै ठुलो कुरा हो । रोग लागिसकेपछी अङ्ग काटनुभन्दा पहिले नै सर्तकता अपनाउन सकियो भने धनजनको क्षतिवाट वच्न सकिन्छ ।त्यस्तै साइवर हमला हुनभन्दा अगाडी नै सुरक्षा सतर्कता अपनाउनु पर्छ ।जसले ठुलो नोक्सान हुनवाट बचाउछ ।

साइवर सुरक्षाका वारेमा न त कुनै प्रोग्रामहरू नै हुन्छन न त सुचना प्रविधि अधिकृतहरू साइवर सुरक्षामा रणनितिक रूपमा तयार छन ।प्रयाप्त रूपमा तालिम अभाव  तथा उस्तै प्रकृतिको कार्य गर्ने ठाउँमा सबैभन्दा सस्तो सामाग्री खरिद गर्नु भन्ने ऐनका कारण  गुणस्तरिय सामाग्री खरिदमा समस्या निम्ताएको छ ।

 यि सुरक्षाका कुराहरूमा ख्याल गर

सप्टवेयर खरिद गर्दा  सप्टवेयरको राम्रोसँग फिजिविलिटी स्टडि गरेर मात्र खरिद गर्ने, विश्वाशिलो  कम्पनि  छनोट गरेर मात्र काम दिने गर्नुपर्छ ।सप्टवेयर निर्माण गर्दा नै के के कुरा चाहिएको सो विवरण डेभलपरलाइ उपलब्ध गराउनु पर्छ ।

आर्थिक कारोवार  गर्ने ठाउँमा हार्डवेयर फायरवाल प्रयोग गर्ने गर्नुपर्छ ।धेरैजसो ठाउँमा crack भर्जनका windows हरू प्रयोगमा छन । सकेसम्म जेनुअन विन्डोज अपरेटिङ सिस्टम नै प्रयोगमा ल्याउनुपर्छ।

 एकपटक डेमो साइट वनाएर हेर्ने र त्यसपछी मात्र प्रयोगमा ल्याउने गर्नुपर्छ । कम्प्युटरमा एन्टिभाइरस प्रोग्राम प्रयोग गर्ने, फायरवाललाइ अफ नगर्ने, अनलाइन आर्थिक कारोवार   गर्ने ठाउँमा हार्डवेयर फायरवाल प्रयोग गर्ने गर्नुपर्छ ।धेरैजसो ठाउँमा crack भर्जनका window हरू प्रयोगमा छन । सकेसम्म जेनुअन विन्डोज अपरेटिङ सिस्टम नै प्रयोगमा ल्याउनुपर्छ।crack version का विन्डोज हरू  प्रयोग गर्नु  कानुनि रूपमा समेत  प्रतिवन्धित कुरा हो ।

साइवर क्षेत्रको सुरक्षाका लागि व्यक्तिगत तवरले समेत हरेक नागरिक सचेत बन्नैपर्ने हुन्छ । अहिले प्रत्येक व्याक्तिको हातमा मोवाइलबाटै आर्थिक कारोवार हुने गर्दछन ।इ…सेवा, खल्ती डिजिटल वालेट, वैङ्किङ एप्सहरू वाट हरेक नागरिकका कारोवारहरू भइरहेका हुन्छन ।साथै व्याक्तिगत डाटाहरू समेत मोवाइलमा भण्डारण गर्ने गरिन्छ ।साइवर सुरक्षामा जानकार हुनु तथा  सतर्कता अपनाउनु हरेक नागरिकका लागि अनिवार्य कुरा हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?